ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो कर्णालीमा स्राेत जुटाउन भारतमा त्रिपक्षीय सम्झौता


एबीसी न्यूज
२६ भदौ २०८१, बुधबार   १ : ३८   बजे

काठमाडौं २६ भदौ । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा वित्तीय स्रोत जुटाउन नसकेको जीएमआर ग्रान्धी मल्लिकार्जुन राव०ले भारतकै अन्य दुई कम्पनीसँग सम्झौता गरेको छ ।

आयोजना विकासका लागि जीएमआर ९ग्रान्धी मल्लिकार्जुन राव०, भारतीय इन्डियन रिन्युएबल इनर्जी डेभलपमेन्ट एजेन्सी ९इरेडा० र भारतीय सरकारी कम्पनी एसजेभीएन ९सतलज जलविद्युत निगम० लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको हो ।

सोमबार भारतस्थित नयाँ दिल्लीमा भएको समझदारी पत्रमा इरेडाका जीएम एसके शर्मा, एसजेभीएनका जीएम जितेन्द्र यादव, जीएमआरका प्रमुख कार्यकारी अधिकृत एसएन बार्डेले हस्ताक्षर गरेका हुन् । माथिल्लो कर्णालीमा लगानी गर्न इरेडा सञ्चालक समितिले गत जुलाई १६ मै सैद्धान्तिक स्वीकृति दिएको थियो । माथिल्लो कर्णाली आयोजनामा जीएमआर, एसजेभीएन र इरेडाको सेयर कति(कति प्रतिशत हुन्छ भन्ने खुलाइएको छैन ।

सरकारको पछिल्लो निर्णय अनुसार जीएमआरसँग वित्तीय स्रोत जुटाउन १८६ दिन मात्रै छ । गत साउन १० को मन्त्रिपरिषद् बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनका लागि सर्वोच्च अदालतमा मुद्दा परेपछि जारी अन्तरिम आदेशका कारण गुम्न गएको १८६ दिन समय मात्रै दिएको हो ।

सर्वोच्च अदालतले अब समय नथप्न भनिसकेकाले ६ महिनाभित्र वित्तीय स्रोत जुटाउन नसके जीएमआरबारे सरकारले जे निर्णय लिन्छ, सोहीअनुसार हुने लगानी बोर्डले जनाएको छ ।

पछिल्लो पटक सरकारले ०७९ असार ३१ मा आयोजनाको वित्तीय व्यवस्थापनका लागि २ वर्ष म्याद थपेको थियो । उक्त निर्णयलाई लिएर सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले ०७९ कात्तिक १७ मा उक्त रिटमाथि सुनुवाइ गर्दै म्याद थप कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

त्यसपछि रतन भण्डारीलगायतले दायर गरेको रिटमा ०८० वैशाख २४ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले फेरि म्याद नथप्न मन्त्रिपरिषद्लाई निर्देशनात्मक आदेश दिएको थियो । मुद्दा पर्नुअघिसम्म थप भएको म्याद थपलाई सर्वोच्चले वैधता दिए पनि त्यसपछि म्याद थप्न भने रोकेको छ ।

 

अदालतको सोही आदेशबमोजिम सरकारले जीएमआरलाई अन्तरिम आदेशका कारण गुमेको १८६ दिनको समय दिएको हो । उक्त समयसीमाको सूचना लगानी बोर्डले साउन २७ मा जीएमआरलाई पठाइसकेको छ ।

माथिल्लो कर्णालीमा जीएमआर जोडिएको १६ वर्ष भइसकेको छ । आयोजना निर्माण गर्न अन्तर्राष्ट्रिय बोलकबोल गरिएकामा जीएमआरको प्रस्ताव उत्कृष्ट भन्दै तत्कालीन सरकार र जीएमआरबीच ०६५ साल ९सन् २००८० मा आयोजना निर्माणका लागि समझदारीपत्र ९एमओयू० भएको थियो । २०६८ मा लगानी बोर्डको स्थापना भएपछि लगानी बोर्ड ऐन, ०६८ को प्रावधानअनुसार यो आयोजनालाई मन्त्रिपरिषदमार्फत निर्णय गराएर लगानी बोर्डको कार्यालय मातहत राखियो ।

०७१ असोजमा लगानी बोर्ड र जीएमआरबीच आयोजना विकास सम्झौता ९पीडीए० भएको थियो । नेपालले १२ प्रतिशत बिजुली, २७ प्रतिशत सेयर पाउने र कम्पनीले दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने जनाएको थियो । तर वित्तीय व्यवस्थापन गर्न पटकपटक म्याद थप गर्दै एक दशक नाघिसकेको छ । पीडीए भएको दुई वर्षभित्र वित्तीय स्रोत जुटाउनुपर्ने भए पनि निर्धारित समयमा वित्तीय स्रोत जुटाउन नसकेपछि ०७३ पुसमा १ वर्ष म्याद थपिएको थियो । थपिएको १ वर्षमा पनि वित्तीय स्रोत जुटाउन नसकेपछि ०७४ कात्तिकमा बोर्डले पुनः १ वर्ष म्याद थपेको थियो । त्यसयता बोर्डले थपेको २ वर्षमा पनि जीएमआरले वित्तीय स्रोत जुटाउन नसकेपछि ०७९ असार ३१ मा मन्त्रिपरिषद् बैठकले अर्को २ वर्ष म्याद थप गर्ने निर्णय गरेको थियो ।

कम्पनीले स्रोत जुटाउन नसकेपछि लगानी बोर्डको कार्यालयले एक–एक वर्ष गरेर दुई पटकसम्म म्याद थप गरेको थियो । ०७५ असोजयता ९०१८ सेप्टेम्बर० वित्तीय व्यवस्थापनका लागि जीएमआरलाई समय थप गरिएको थिएन ।०७८ असोजमा सरकारद्वारा सुझाव कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले दुइ वटा विकल्पसहितको सुझाव दिएको थियो ।

लगत्तै ०७९ असारमा मन्त्रिपरिषद्ले स्रोत जुटाउनका लागि २ वर्ष म्याद थपिए पनि म्याद थप विरुद्ध मुद्धा परेकाले अदालतले कात्तिकमा थपिएको म्याद कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । ०८० वैशाखमा सर्वोच्चद्वारा म्याद थपलाई वैधानिकता, अन्तरिम आदेशका कारण गुमेको समय थप्न र त्यसबाहेक समय नथप्न मन्त्रिपरिषद्लाई निर्देशनात्मक आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu