ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि संसद्‌मा माओवादी केन्द्रको विरोध


एबीसी न्यूज
२६ भदौ २०८१, बुधबार   ३ : ०३   बजे

काठमाडौं २६ भदौ । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएपछि नेकपा माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको छ।

बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली र कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलपछि उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका थिए।

लगत्तै, माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको हो।

अवरोधपछि समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानको प्रस्तावना पढेर सुनाएका थिए। ‘यो शब्द संविधानको कुन चैँ धारा, उपधारामा छरु’ उनले प्रश्न गरे।

उनले आफ्नो पार्टी बहस गर्न तयार भएको समेत सुनाए।

भट्टराईले उक्त शब्द प्रयोग गरेपछि भदौ १२ गतेको बैठकमा केहीबेर माओवादी र नेकपा एमालेका सांसदहरूबीच जुहारी नै चलेको थियो।

योगेशले पटक पटक जनयुद्धलाई हिंसा नै हो भनेपछि माओवादी केन्द्रका सांसदहरू हितराज पाण्डे, माधव सापकोटा सुबोध लगायतले आपत्ति जनाएका थिए।

सो विषयमा छानबिन गर्न सोही दिनको बैठकमा सभामुख घिमिरेले निर्देशन समेत दिएका थिए।

सभामुखले उक्त शब्द रेकर्डबाट नहट्ने बताएपछि माओवादी सचेतक पाण्डेले आज पनि आपत्ति जनाएका छन्।

‘हाम्रो देशको सबैभन्दा मूल कानुन भनेको संविधान हो। संविधानमा नै जनयुद्ध, जनआन्दोलन लगायतको व्याख्या गरिएको छ। प्रस्तावनामा नै जसरी व्याख्या गरिएको छ,,’ उनले भने, ‘हिंसाको विषयवस्तु आएको छ यो कानुन विपरित छ। संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हारु’

पाण्डेको प्रतिवादमा उत्रिएका एमाले सांसद रघुजी पन्तले भने यसअघि पनि पटक पटक संसद्मा यो शब्द प्रयोग भएको भन्दै बचाउ गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group