ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई


एबीसी न्यूज
२६ भदौ २०८१, बुधबार   ७ : ३२   बजे

काठमाडौं २६ भदौ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक डीआईजीहरुको सरुवा भएको छ। गृहमन्त्रीले बुधबार मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलसहित तीन जनालाई सरुवा गरेका हुन्।

पोखरेललाई प्रदेश प्रमुखबाट हटाइएको छ। उनलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। पछिल्लो समय उनी आर्थिक अपचलनको विवादमा तानिएका थिए।

प्रहरी महानिरिक्षक वसन्त कुँवरले सार्वजनिक कार्यक्रममै एक डीआईजी कारबाहीमा पर्न लागेको बताएका थिए। मधेश प्रदेशका केही घुमुवाहरुलाई यसअघि नै प्रहरी प्रधान कार्यालय तानेर छानविन भइरहेको थियो।

गृहमन्त्रालयले डीआईजीलाई पनि हेडक्वार्टर तानेको हो। उनको खातामा शंकास्पद कारोबार देखिएको स्रोतको दाबी छ।

पोखरेललाई सरुवा गरेर लालमणि आचार्यलाई मधेश प्रदेश प्रमुखको जिम्मा दिइएको छ। यस्तै डीआईजी राजेशनाथ बास्तोला पनि सरुवा भएका छन्। बास्तोलालाई भरतपुर तालिम शिक्षालय सरुवा गरिएको छ।

डीआईजी आचार्यलाई यसअघिका गृहमन्त्री रवि लामिछानेले ५ महिनामै प्रदेश प्रमुखबाट हटाएका थिए। उनी यसअघि कर्णाली प्रदेश प्रमुख थिए। तर उनलाई ५ महिनामै सरुवा गरेर प्रदेश प्रमुखको जिम्मा अर्जुन चन्द ठकुरीलाई दिइएको थियो।

रमेश लेखकले उनलाई महत्वपूर्ण मानिने मधेस प्रदेश प्रमुखको जिम्मा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group