ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखसँगको छलफल निष्कर्षविहीन, ‘हिंसा’ शब्दबारे माओवादीले पार्टीमा छलफल गर्ने


एबीसी न्यूज
३० भदौ २०८१, आइतबार   १ : ३५   बजे

काठमाडौं ३० भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरिले संसद् अवरोध हटाउने विषयमा छलफल गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठक बस्नुअघि सभामुख घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकलाई सिंहदरबार बोलाएका थिए।

उक्त बैठकमा भएको छलफलबारे नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा जानकारी गराउने बताएका छन्।

यही भदौ १२ गते प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ शब्द संसदीय रेकर्डबाट नहटाएसम्म संसद् बैठक चल्न नदिने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र छ।

उक्त विषयमा भएको छलफलपछि पाण्डेले भने, ‘खाली शब्दमा मात्रै कुरा होइन। यो समग्र जनयुद्धको भावसँग यो सम्बन्धित छ। हाम्रो दलले अवरोधलाई जारी गर्ने निर्णय भएको हो। फेरि पनि संसदलाई व्यवस्थित बनाउनुपर्छ र चलाउनुपर्छ भन्ने यहाँ कुरा भएको छ। यहाँ भएको विषयवस्तुलाई म आफ्नो दलमा लगेर राख्दैछु।’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का प्रमुख सचेतक सन्तोष परियारले पनि छलफल भइरहेको बताए।

आजको संसद् बैठकमा अवरोध राख्ने वा नराख्ने भन्नेबारे स्पष्ट निर्णय भने भइनसकेको प्रमुख सचेतक पाण्डेले बताए।

‘केही समय छलफल गर्नुस् न त भनेपछि यहाँ छलफल भएको विषयलाई आफ्नो दलमा लैजाँदैछु,’ उनले भनेका छन्।

एमाले सांसद भट्टराईले माओवादीको सशस्त्र संघर्ष युद्धलाई ‘हिंसा’ भनेपछि त्यही दिन माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए।

त्यसपछि सभामुख घिमिरेले संसद् सचिवालयलाई यसबारे छानबिन गर्न निर्देशन दिएका थिए। छानबिनपछि सभामुख घिमिरेले यही भदौ २६ गते बसेको प्रतिनिधिसभा बैठकमा ‘हिंसा’ शब्द यसअघि पनि प्रयोग भएको उल्लेख गर्दै यो असंसदीय नभएको निर्णय सुनाएपछि माओवादी सांसदले बैठक अवरुद्ध गरेका थिए।

यसपछि भदौ २८ गते बसेको माओवादी संसदीय दलको बैठकले ‘माओवादी जनयुद्ध’लाई अपमान गर्न खोजिएको ठहर गर्दै सभामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने निर्णय नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको छ।

तर सभामुख घिमिरेले उक्त निर्णय प्रतिनिधि सभा नियमावलीको नियम २१ र २६ हेरेर गरेको जिकिर गरिरहेका छन्।

नियमावलीले ‘उठाइएको नियमापत्तिको निर्णय सभामुखले गर्नेछ र सो निर्णय अन्तिम हुनेछ’ भन्ने उल्लेख भएको जानकारी दिँदै सभामुखले निर्णय नै नमान्ने विपक्षी दलको अडानले अन्योलता सिर्जना गरेको आरोप लगाएका छन्।

सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्योल गर्न भनी भदौ १८ गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बृहत् छलफल गरेका थिए।

तर त्यहाँ पनि सत्ता पक्ष र विपक्षका आआफ्ना तर्क रहेको र कतिपय सांसदले सभामुखीय अधिकार प्रयोग गर्न सुझाव दिएकाले सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएको उनको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group