ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमणमा रहेको विदेशी सैन्य टोली सिंहदरबारमा


एबीसी न्यूज
१७ भदौ २०८१, सोमबार   २ : ५८   बजे

काठमाडौं, १७ भदौ । नेपाल भ्रमणमा हिजो बिहान काठमाडौं आएको भारतीय राष्ट्रिय सैन्य कलेजको टोलीले गृह र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको छ । उक्त कलेजमा अध्ययनरत छ देशका सैनिक अधिकारीहरुको नेतृत्व गर्दै आएका भारतीय जल सेनाका रियर एडमिरल सन्दिप सिंह सन्धुको टोलीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ ।

मन्त्री लेखकसँग भेटका लागि टोली दिउँसो साढे २ बजे गृह मन्त्रालय पुगेर ३ बजे फर्केको हो । त्यसअघि उक्त टोलीले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको थियो ।

मन्त्री डा. राणासँग भेटका लागि सन्धु नेतृत्वको टोली मध्यान्ह सवा १२ बजे त्यहाँ पुगेर पौने १ बजे सिंहदरबारबाट बाहिरिएको बताइन्छ । नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेज (एनडिसी) मा सञ्चालित एनडिसी कोर्सअन्तर्गत ‘रणनीतिक छिमेक अध्ययन भ्रमण’का लागि २१ सदस्यीय टोली हिजो बिहान काठमाडौं आएको हो ।

टोलीका सदस्यमध्ये ११ जना श्रीमतीसहित भिस्तारा एयरको उडानमा दिल्लीबाट आएका हुन् । जसमा भारत, अमेरिका, अष्ट्रेलिया, कजाकस्तान, भुटान र ओमानका सैनिक अधिकारीहरु सहभागी छन् । बिहीबारसम्म नेपाल भ्रमणमा रहने टोलीको मुकाम होटल सोल्टी तोकिएको छ । उनीहरुको नेपाली सेनाका उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu