ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकाको राष्ट्रपतिय मतगणना दोश्रो चरणमा, वाम नेता दिसानायकेलाई ४२ प्रतिशत मत


एबीसी न्यूज
६ आश्विन २०८१, आइतबार   ७ : २८   बजे

 

काठमाडौं ६ भदौ । श्रीलंकाको निर्वाचन आयोगले सम्पूर्ण द्वीपभरको पहिलो चरणको मतगणनाको अन्तिम समग्र नतिजा घोषणा गरेको छ।

नतिजा अनुसार, वाम गठबन्धनका नेता अनुरा कुमारा दिसानायकेले ५,६३४,९१५ मत (४२.३१प्रतिशत) ल्याएर सबैभन्दा बढी मत प्राप्त गर्ने उमेद्वार बनेका छन्। दोस्रो र तेस्रो प्राथमिकताका मतहरूको गणना अघि, सजिथ प्रेमदासाले ४,३६३,०३५ मत (३२.७६प्रतिशत) ल्याएका छन् भने तेस्रो स्थानमा रहेका रनिल विक्रमसिंघेले २,२९९,७६७ मत (१७.२७प्रतिशत) प्राप्त गरेका छन्।

२०२४ राष्ट्रपतीय निर्वाचनका दुई प्रमुख उम्मेदवारहरूको दोस्रो प्राथमिकताका मतहरूको गणना केही बेर अघि सुरु भइसकेको छ।

पहिलो चरणको गणनामा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्रतिशतको मत नल्याएपछि, अन्य मतपत्रहरूमा अनुरा कुमारा दिसानायके र सजिथ प्रेमदासाको प्राथमिकता गन्दै अन्तिम निर्णय निकालिने छ।

यो श्रीलङ्काको निर्वाचन इतिहासमा पहिलो पटक राष्ट्रपतीय पुनः मत गणना हुन लागेको हो।
निर्वाचन पर्यवेक्षकहरुले वाम नेता अनुरा कुमारा दिसानायकेले निर्वाचन जित्ने बताउँदै आएका छन् । आज अबेर रातीसम्म अन्तिम नतिजा सार्वजनिक हुने आशा गरिएको छ ।

अनुरा कुमारा दिसानायके र सजिथ प्रेमदासाको पछि, तेस्रो स्थानमा रहेका रनिल विक्रमसिंघेको स्थान थियो। चौथो स्थानमा भने नामल राजपक्ष रहन पुगे। उनी श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपक्षका छोरा हुन्। ३८ वर्षीय नामलले चौथो स्थानमा २.५ प्रतिशत मत मात्र ल्याए।

पाँचौँ स्थानमा ‘साझा तामिल उम्मेदवार’को रूपमा प्रस्तुत गरिएका पक्कियासेल्वम अरियनन्थिरन थिए, जसले १.७ प्रतिशत मत पाएका थिए ।

अन्य कुनै पनि उम्मेदवारले एक प्रतिशतभन्दा बढी मत हासिल गर्न सकेनन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu