ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारबाही सिफारिस गर्ने कार्यादेश समितिसँग छैन, गलत गर्‍यो : उपसभापति अर्याल


एबीसी न्यूज
७ आश्विन २०८१, सोमबार   ४ : २९   बजे

काठमाडौं ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समिति आफ्नोे टीओआर कार्यादेश बाट बाहिर गएको दाबी गरेका छन्।

सोमबार पार्टी कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति अर्यालले समितिले गलत गरेको जिकिर गरे।

‘यही संसदीय छानबिन समिति, जुन आफ्नो टीओआरबाट बाहिर गयो। उसले गलत गरिसक्यो,’ अर्यालले भने, ‘उसलाई कारबाही सिफारिस गर्ने अधिकार छैन।’

साथै, उनले समितिले ल्याएको ८७ अर्ब रकम अपचलनमा ध्यान नदिइ सरकार रवि लामिछानेको मात्रै पछि लागेको बताए।

‘८७ अर्बको कुरा त्यही प्रतिवेदनले दिएको छ। कुन कुन सहकारीमा रहेछ भनेर बहस चलाउनेरु ८७ सय करोडको चाहिँ हिसाब छैन,’ अर्यालले भने, ‘रवि लामिछानेचाहिँ ठग होइन रहेछ भनेर मिडियामा बोल्दै हिँड्नुभएको छ। लिखित रुपमा प्रतिनिधि सभामा पेस गर्नुभएको छ। तर, बहस त्यहाँमात्रै भइरहेको छ।’

आइतबार सहकारी प्रकरणमा जोडिएका पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ परेका थिए। सभापति लामिछानेका साझेदार समेत रहेका जोशी पक्राउ परेलगत्तै रास्वपामा तरंग नै सिर्जना भएको छ।

आइतबार पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन भएपछि सभापति लामिछानेसहितका समर्थकहरूको भिड लागेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group