ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   १२ : २५   बजे

काठमाडौं ८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०र१३२र३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिनुभएको हो ।

ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभयो । “सब स्टेशन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री बी हब सबस्टेशनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्नेगरी काम गर्नुहोस्,”– ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

त्रिशूली थ्री बी हब २२०र१३२र३३ केभी सबस्टेशनको काम अन्तिम चरणमा छभने चिलिमेबाट उक्त सबस्टेशनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ ।

यसैबीच, आजै मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ ।

ऊर्जामन्त्री खड्कासँगै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, सोही मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निरीक्षण गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu