ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई आर्थिक सहयोग


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   १२ : ३२   बजे

काठमाडौं ८ असोज । देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले उक्त रकम रोटरी क्लब अफ काठमाडौँ बेष्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गर्नुभएको छ ।

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र रोटरी क्लब अफ काठमाडौँ बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले एक लाख ८२ हजारको चेक मङ्गलबार वीर अस्पतालमा पुगेर दियालीलाई संयुक्त हस्तान्तरण गर्नुभयो ।

जसमा श्रेष्ठले प्राप्त गरेको पुरस्कार स्वरुप एक लाख र रोटरी क्लब अफ काठमाडौँ बेष्टको ८२ हजार सहयोग समावेश छ । उक्त समारोहमा रोटरी क्लब अफ काठमाडौँ बेष्टका पदाधिकारीहरुको उपस्थिति थियो ।

यसैगरी, करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले ५० हजार नगद हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठले जीवनभर देश, जनताका लागि इमान्दरपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु बिरामी पर्दा राज्यबाट उपेक्षित हुनु राम्रो कुरा होइन, त्यसैले एकजना पत्रकारलाई दुःख कष्ट पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनासहित उक्त रकम मिर्गौलापीडित पत्रकारलाई प्रदान गरिएको बताउनुभयो ।

त्यसैगरी, रोटरी क्लब अफ काठमाडौँ बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले रोटरी भनेकै सेवा गर्न जन्मिएको संस्था भएकाले मिर्गौलापीडित पत्रकार दियालीलाई उपचारमा केही सहयोग होस् भन्ने भावनाले रोटरी क्लब अफ काठमाडौँ बेष्ट पनि आजको कार्यक्रममा सहभागी भएको बताउनुभयो ।

सो अवसरमा करेन्ट मिडियाका गौतमले लोकतन्त्रका लागि आजीवन पत्रकारिताको माध्यमबाट देश र समाजका लागि योगदान पुर्‍याउने पत्रकारहरु बिरामी पर्दा राज्यले हेर्नुपर्ने बताउनुभयो । त्यसबाहेक पत्रकारसँग सम्बन्धित संघसंस्थाहरुले उपचार कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुनुहुन्छ । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा उहाँको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो । उहाँको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग पुर्‍याउँदै आउनुभएको छ ।

उहाँको उपचारमा संलग्न वीर अस्पतालका चिकित्सक, नर्सहरुप्रति पनि रोटरी क्लब अफ काठमाडौँ बेष्टले आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group