ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई घेराबन्दी गर्ने प्रयास भएको छ : महासचिव पोखरेल


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   १२ : ४७   बजे

काठमाडौं ८ असोज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुख्य दुई दल मिलेर बनेको सरकारलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताउनुभएको छ । दाङको लमहीमा एमालेको लमही नगर अधिवेशनको आज उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

आफू सरकारमा हुँदा मनपरी गरेकाहरूले अहिले सरकार बाहिर भएपछि सरकारको विरोध गर्ने, घेराबन्दी गर्ने र अराजकता सिर्जना गर्ने प्रयास गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी ठुला दलहरू मिलेपछि जनतामा देखिएको निराशा र कुण्डा अन्त्य भएको छ, अर्थतन्त्रका सकारात्मक परिवर्तन देखिन थालेका छन्, त्यस्तो बेलामा केहीले मन पराएका छैनन ।’

पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका एमालेका महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्य गर्न आवश्यकताअनुसारको संविधान संशोधन गर्ने योजनाका साथ ठुला दलहरू मिलेर सरकार बनाएको बताउनुभयो । आफूहरू मिल्नुको अर्थ मुलुकको उज्यालो यात्राका लागि भएको भन्दै यो मुलुकमा नीतिको बहस आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान सभाबाट संविधान जारी भएपछि नेपालको राजनीतिमा नीतिको बहस हुनै छोड्यो, स्वार्थमा आधारित क्रियाकलाप अघि बढ्न थाले, कुनै पनि देशको विकासमा नीतिगत नेतृत्वको आवश्यकता पर्दछ ।’

देशको विकासमा दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व हुनुपर्ने तर्क गर्दै महासचिव पोखरेलले छिमेकी मुलुकमा भइरहेको विकास त्यसैको परिणाम भएको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group