ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईबीको टोली सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पोखरा जाँदै


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   १ : ०६   बजे

काठमाडौं ८ असोज । सूर्यदर्शन सहकारीको पुरक जाहेरीमा अनुसन्धान प्रतिवेदन बुझाउनु पहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को टोली पनि पोखरा जाने भएको छ।

सीआईबीबाट दुई जना अनुसन्धान अधिकारी मंगलबार नै पोखरा जाने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले  बताए।

यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा पनि सीआईबीको टोली सूर्यदर्शन सहकारी ठगीको मुद्दा अनुसन्धानका लागि खटाइएको थियो।

तर रवि लामिछाने गृहमन्त्री भएपछि सीआईबीको टोली फिर्ता गरिएको थियो। यस्तै सीआईबीले गरिरहेको अन्य अनुसन्धान रोकिएको थियो।

कास्की प्रहरीले पनि अघि बढिसकेको अनुसन्धान रोकेको थियो। यो मुद्दामा रवि लामिछाने आफैँ मुछिएकाले अनुसन्धान प्रभावित भएको थियो। तर उनलाई समेत कारबाहीको दायरामा ल्याउन संसदीय छानविन समितिले सिफारिस गरेपछि पुनः अनुसन्धानलाई प्रभावकारी बनाउन सीआईबी खटाउन लागिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी छानविन समितिको सिफारिसपछि पूर्व डीआईजी समेत रहेका गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको छ।

उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सोमबार अनुमति दिएको छ।

अदालतको अनुमति पछि प्रहरीले उनीसँग मंगलबारदेखि नै बयान लिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए।

यता रवि लामिछानेलाई भने प्रहरीले पक्राउ गरेको छैन। सहकारी छानबिन समितिले उनलाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ। समितिले सिफरिस गरेका जीबी राई मलेसियामा छन् भने कुमार रम्तेल पहिल्यै पक्राउ परिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group