ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वडीआईजी छविलाल जोशीको बयान सुरु


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   २ : ११   बजे

काठमाडौं ८ असोज । सहकारी ठगीको आरोपमा पक्राउ परेको पूर्वडीआईजी छविलाल जोशीको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा लगेर जोशीको बयान लिइरहेको कास्कीका प्रहरी प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले पहिलो पटक ५ दिनको म्याद दिएको छ। जोशीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि अनुसन्धान अगाडी बढाइएको छ। उनलाई आइतबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेर कास्की लगिएको थियो।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगीको आरोपमा गत वर्ष माघमा पुरक जाहेरी परेको थियो। जाहेरी परेको ८ महिनापछि जोशी पक्राउ परेका हुन्।

जोशीसहित पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि कारबाहीको दायरामा ल्याउन सहकारी छानविन समितिले सिफारिस गरेको छ। समितिको सिफारिस कार्यन्वयन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

संसदीय छानबिन समितिको प्रतिवेदन कार्यन्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएकै दिन जोशीलाई पक्राउ गरेको हो।

जोशी पक्राउ परे लगतै अर्का आरोपि रबि लामिछानेले पनि आफू पक्राउ पर्ने डरले पार्टी कार्यालयमा कार्यकर्ता जम्मा पारेर रातभर बसेका थिए। तर प्रहरीले उनलाई भने पक्राउ गरेको छैन।

उनी बहालवाला सांसद समेत रहेकाले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि र जोशीको बयानपछि मात्रै पक्राउ गर्न सक्ने सम्भावना छ।

यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीको टोली काठमाडौँ आएर जोशी र लामिछानेसँग सोधपुछ कागज गरिसकेको छ। उनीहरू संलग्न रहेको गोर्खा मिडिया नेटवर्कको कार्यालयमा प्रहरीले छापा मारेर कागजात पनि नियन्त्रणमा लिइसकेको छ।

यस्तै, उनीहरू दुवै जनासँग सहकारी छानविन समितिले पनि बयान लिएको थियो। छानविन समितिले रबि र छबि समेतले सहकारीका बचतकर्ताको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको समितिको ठहर छ।

यही मुद्दामा गोर्खा मिडियाकै सञ्चालक कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् भने मुख्य सञ्चालक जीबी राई मलेसियामा लुकिरहेका छन्।

प्रहरीले उनलाई नेपाल ल्याउने प्रयास गरे पनि सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि डिजिटल पत्रिकासम्म एजेन्डा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu