काठमाडौं, २१ फागुन । हरेक वर्ष फागुन २१ गते सुखानी दिवस मनाउने गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक सुखानी दिवसलाई पृथक ढंगले सम्झिए उनले आजैकै दिन पारेर संघिय संसदको एतिहासीक पहिलो बैठकको आयोजना गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको । सुखानी दिवसकै अवसरमा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुखानीका शहीदले देखाएको बाटो कहिल्यै नभुल्ने बताए ।
०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिस्ट क्रान्तिकारीहरुलाई पन्चायती शासकले जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरेका थिए । केपी ओलीसँगै क्रान्तिमा होमिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा झापाको सुखानीमा हत्या गरिएको ओलीले ट्वीटमार्फत स्मरण गरेका छन् । प्रधानमन्त्रीले सुखानी दिवसकै अवसर पारेर संसद अधिवेशन बोलाएको स्रोतको दावी छ । सुखानीसँग एमालेको भावना गाँसिएको छ । ओलीसहितका नेताले २०२८ सालमा झापा क्रान्तिबाट नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन थालेका थिए ।
प्रतिक्रिया दिनुहोस्