ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंको समर्थनमा मुखमा टेप लगाएर प्रदर्शन


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   २ : ४८   बजे

काठमाडौं ८ असोज । विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलमा उपस्थित प्रसाईंका समर्थकले मुखमा कालो टेप बाँधेर प्रदर्शन गरेका हुन्। उनीहरूले प्रसाईंको समर्थनमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

प्रसाईंलाई गत आइतबार प्रहरीले उनकै निवासबाट नियन्त्रणमा लिएको थियो।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला ९ज्वाला० लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो।

जिल्ला अदालत काठमाडौँले आइतबार नै उनीमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

साइबर ब्युरोले सोमबार उनलाई वीर अस्पतालबाट लगेर बयान लिएको थियो। प्रसाईं आफू अस्वस्थ रहेको भन्दै वीर अस्पतालमा बसिरहेका छन्।

उनको पक्राउविरुद्ध छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पनि दर्ता गरेका छन्। उक्त रिट निवेदनमाथि मंगलबार नै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारण देखाउ आदेश जारी गरेको छ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu