ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली व्यवसायी पन्तले नेदरल्यान्ड्समा जिते स्टार्टअप उद्यमी पुरस्कार


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   ३ : १२   बजे

काठमाडौं ८ असोज । नेपाली व्यवसायी फणिन्द्र पन्तले नेदरल्यान्ड्समा स्टार्टअप पुरस्कार जितेका छन्।  पन्तले नेदरल्यान्ड्सको गोइस मिरेन नगरपालिकाद्वारा आयोजित स्टार्टअप उद्यमी प्रतियोगितामा विजय हासिल गरी उक्त पुरस्कार जितेका हुन्।

विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीपछि नेदरल्यान्ड्सको गोइस मिरेन क्षेत्रमा पसल र व्यवसायमा निकै रिक्तता देखिएको र उक्त अवस्थाबाट छुटकारा पाउने उद्देश्यले स्थानीय सरकारद्वारा आयोजित प्रतियोगितामा नेपाली उद्यमी पन्त पुरस्कृत भएका हुन्।

आर्थिक मन्दीबाट माथि उठ्ने दूरगामी योजनाअन्तर्गत स्थानीय सरकारले आयोजना गरेको उक्त प्रतियोगितामा सहभागिता जनाएका नयाँ व्यावसायिक योजनाहरूलाई मूल्यांकन गरी विजेता छनोट गरिएको थियो।

 

पन्तले नेपालमा उत्पादित चिया, कफी, हिमालयन मसला, ऊनबाट निर्मित कपडा र हस्तकलाका सामानहरू नेदरल्यान्ड्समा बिक्री वितरण र विस्तार गर्दै आएको माउन्टेन मार्ट नेपाल ट्रेड हाउस नामक स्टार्टअप उद्यमशीलता योजना विजयी बनेको हो।

सुरूमा प्रतिस्पर्धाका लागि २५ वटा व्यावसायिक योजना स्वीकृत भएका थिए। तीमध्येबाट अन्तिम चरणको प्रतिस्पर्धाका लागि १० वटा उत्कृष्ट छानिएको थियो। अन्तिम प्रतिस्पर्धामा पन्तसहित तीन व्यवसायीका योजना विजयी घोषणा गरिएको हो। पन्तले पुरस्कार तथा व्यवस्थापन प्याकेजका लागि करिब ४० लाख नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका छन्।

नमस्ते कोअपरेटिभ युए नामक सहकारी कम्पनी मार्फत नेपाली उत्पादनहरूको विदेशी भूमिमा बिक्री वितरण गर्दै आएका पन्तले आफ्नो जितप्रति खुसी व्यक्त गर्दै पुरस्कार नेपाल र नेपालीको लागि समर्पित भएको प्रतिक्रिया दिए। उनले भने, ‘विदेशी भूमिमा यो उपलब्धि भनेको नेपाल र नेपालीको जित हो।’

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्तासमेत रहेका उनले नेपालको प्रवर्द्धन र नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गरी नेपालको आर्थिक उन्नतिमा टेवा दिने आफ्नो उद्देश्य रहेको र यसका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए।

उनले नेपाली उत्पादनहरूलाई नेदरल्यान्डलगायत युरोपका अन्य मुलुकहरूमा विस्तार र बजारीकरण गर्न इच्छुक नेपाली तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई माउन्टेन मार्ट नेपाल ट्रेड हाउस सहयोग गर्न तयार रहेको पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu