ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन भएको छ सरकार विस्तारमा ढिलाई, के राजपा पनि सरकारमा आउन इच्छुक छ ?


एबीसी न्यूज
२१ फाल्गुन २०७४, सोमबार   २ : २६   बजे

 

काठमाडौं, २१ फागुन । वाम गठबन्धन र फोरमबीच पटक पटक त्रिपक्षीय वार्ता भएपनि मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।

सरकारमा दुईतिहाई बहुमत पुर्‍याउने कसरतमा लागेका प्रधानमन्त्री ओलीले फोरमलाई पनि सरकारकाम समावेश गर्नुपर्ने कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको स्रोतको दावी छ ।

संविधान संशोधनका बारेमा त्रिपक्षीय सैद्धान्तिक सहमति भएपनि मन्त्रालयको भागबण्डा टुंगिन सकेको छैन । आइतबार एमाले, माओवादी र फोरमको शीर्ष नेताहरुबीच दिनभरजसो छलफल भएपनि ठोस निर्णय भने हुन सकेन । पटक पटकको वार्तापछि नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सहमति हुन सकेको छैन । मुख्य रुपमा पेचिलो बन्दै गएको मन्त्रालयको भागबण्डाको गाँठोले सहमतिको बिन्दुलाई धकेल्दै गएको छ । संघीय समाजवादी फोरमले उप्रधानमन्त्री सहित तीन मन्त्रालयको माग गरेको छ । स्रोतका अनुसार पार्टीभित्र मन्त्रीको आकांक्षीलाई व्यवस्थापन गर्न उपेन्द्र यादवले ३ मन्त्रालयको अडान छाड्न सक्नुभएको छैन । तर वाम गठबन्धन फोरमलाई तीन मन्त्रालय दिन तयार छैन । उप–प्रधानमन्त्री नराख्ने निर्णय गरिसकेका प्रधानमन्त्री ओलीले फोरमलाई ल्याउनकै लागि उपप्रधानमन्त्री दिन नसक्ने बताउनुभएको छ । वाम गठबन्धन २ मन्त्रालय सहित १ राज्यमन्त्री दिन भने लचिलो भएको छ । २५ सदस्यीयसम्म मन्त्रिपरिषद गठन गर्न सक्ने संवैधानिक व्यवस्था भएपनि सरकारले १७ मन्त्रालय कायम गरेको छ । जस अनुसार एमालेले १० र माओवादीले ७ मन्त्रालय लिने सहमति भएको छ । दुबै दलमा मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा फोरमलाई ३ मन्त्रालय दिन नसक्ने वाम गठबन्धनको बुझाई छ । तैपनि एक मन्त्रालय थपेर भएपनि फोरमलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भैरहेको बुझिएको छ ।यता राष्ट्रिय जनता पार्टी राजपाले सरकारमा सहभागी हुन इच्छा देखाएको छ । उसले फोरमसँग मात्र नभई आफूहरुलाई पनि समेटेर संविधान संशोधनका लागि वार्ता गर्न माग गरेको छ । राजपा नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन गर्दै मधेश आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिए सरकारमा जान सक्ने बताउनुभयो । तर उहाँले तत्काल राजपा सरकारमा जाने संभावना भने नरहेको बताउनुभयो । तर पछिल्लो समय राजपाका नेताहरुले सार्बजनिक कार्यक्रममै सरकारले फोरमसँग मात्र वार्ता गरेको र आफूहरुलाई वास्ता नगरेको भन्दै असन्तुष्ट जनाउन थालेका छन् । आइतबार राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सरकार गठन र संविधान संशोधनबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group