ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक जारी


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   १ : १४   बजे

काठमाडौं ११ असोज । न्यायाधीश नियुक्तिको मुख्य एजेन्डाका साथ न्याय परिषद् बैठक बसिरहेको छ।  रामशाहपथस्थित परिषद सचिवालय बिहान १० बजेदेखि बैठक जारी छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसिरहेको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत, सदस्यहरू रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित छन्।

 

बैठकमा सहमति भएमा उच्च अदालत र सर्वोच्च अदालतमा एकसाथ न्यायाधीश नियुक्ति गर्ने तयारी छ। साथै, जिल्ला र उच्च अदालतका न्यायाधीशका विषयमा परेका करिब ४० वटा उजुरीमा पनि बैठकले निर्णय गर्नेछ।

सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा करिब २० जना न्यायाधीश नियुक्त गर्न सक्ने गरी तयारी अघि बढाइएको छ। यसअघि उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको तयारी भएको थियो। नेपाल बार एसोसिएसनको विरोधका कारण उक्त तयारी बिथोलिएको थियो।

पछिल्लोपल्ट सर्वोच्च अदालत बार एसोसिएसनले ज्ञापनपत्र नै बुझाएर वरिष्ठ अधिवक्ताको उपाधि वितरण र न्यायाधीश नियुक्तिका अविलम्ब गर्न ज्ञापनपत्र नै बुझाएपछि प्रधानन्यायाधीश श्रेष्ठ पुनः सहमतिको प्रयासमा लागेका हुन्। आज सहमति नभए अब श्रेष्ठका पालामा नियुक्ति हुने सम्भावना टर्दै जान सक्नेछ। आउँदो असोज २० गतेबाट उनी सेवानिवृत्त हुँदैछन्।

जाँदाजाँदै प्रधानन्यायाधीशले टुंग्याए वरिष्ठ अधिवक्ताको विवाद, १५९ जनाले पाए उपाधि ९सूची०
प्रधानन्यायाधीश श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको फुलकोर्टको बैठकले १५९ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि निर्णय गरिसकेको छ।

न्यायाधीश नियुक्तिको विरोधमा रहेको नेपाल बार एसोसिएसनले भने न्याय परिषद घेराउ गर्ने भनेको छ।

यसअघि असोज ७ गते बसेको बैठकमा कुरा नमिल्दा बिनानिष्कर्ष सकिएको थियो।

न्यायाधीश नियुक्तिको अन्तिम प्रयासमा प्रधानन्यायाधीश श्रेष्ठ, यस्तो छ जोडघटाउ

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group