ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा विद्यार्थीको हड्डी टुट्ने गरी कुट्ने शिक्षक पक्राउ


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   १ : १७   बजे

काठमाडौं ११ असोज । हङकङमा विद्यार्थीको हड्डी टुट्ने गरी कुट्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। हङकङ ताओइस्ट एसोसिएसन द युन युन इन्स्टिच्युट नम्बर २ माध्यमिक विद्यालयमा उक्त घटना घटेको हो।

बुधबार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम चलिरहेको थियो। यही क्रममा एक छात्राले आफ्नो शैक्षिक नतिजाको विषयलाई लिएर सहपाठीले खिल्ली उडाएको गुनासो गरिन्। यसपछि मध्यस्थता गर्न पुगेका शिक्षकले छात्रलाई शारीरिक हानि हुने गरी कारवाही गरेका हुन्।

स्रोतका अनुसार, शिक्षकले १५ वर्षीय छात्रलाई घाँटीमा समातेर भुइँमा धकेलिदिएका थिए। बाहिरी चोट नदेखिएका कारण तुरुन्त चिकित्सातर्फ ध्यान नदिएका छात्रले घटनाबारे घरमा बताएपछि भित्री भागमा चोट लागेको खुलेको हो।

उनले आफ्नी आमालाई उक्त कुरा बताएपछि चेकजाँचका लागि अस्पताल लगिएको थियो। जहाँ, बालकको दाहिने हातको हड्डी टुटेको र घाँटी तथा ढाडमा सामान्य चोट लागेको पाइएको हो।

घटनाको भोलिपल्ट ९आज० प्रहरीले विद्यालय व्यवस्थापनको निगरानीमा शिक्षकलाई पक्राउ गरेको द स्ट्यान्डर्डले जनाएको छ।

सहपाठीले खिल्ली उडाएको गुनासो गर्ने छात्रा १७ वर्षीया हुन्।

यो विद्यालय हङकङ ताओइस्ट एसोसिएसनअन्तर्गत चौथो माध्यमिक विद्यालयको रूपमा सन् १९८८ मा स्थापना भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu