ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी र अमेरिकी पासपोर्टमा एपीवान र थापामाथि प्रश्न


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   १ : ४०   बजे

काठमाडौं ११ असोज । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ ।

त्यस्तै, छोरा सचन थापा अमेरिकी पासपोर्टमा नेपाल बसेर उद्यम व्यवसायमा संलग्न भएको आरोप लागेको छ ।

सामाजिक सञ्जालबाट सार्वजनिक भएको अध्यागमनको अभिलेखअनुसार सचन अमेरिकी नागरिक हुन् र उनले पछिल्लो पासपोर्ट २०२२ मा लिएको देखिन्छ । नेपाल आउँदा उनी ‘नन टुरिस्ट’ भिसामा आएका छन् । विदेशी नागरिकले नेपाल आएर उद्यम व्यवसाय मात्र होइन, रोजगारी गर्न पनि कानुनअनुसार अनुमति लिनुपर्छ । उनले त्यस्तो अनुमति लिएका छन् कि छैनन् भन्ने अनुसन्धानको विषय भएको छ ।

‘हो, म अमेरिकी नागरिक हुँ, मसँग अमेरिकी पासपोर्ट र गैरआवासीय नेपालीले पाउने नागरिकता दुवै छन्,’ उनले कान्तिपुरसँग भने, ‘नेपालमा बस्दा गैरआवासीय नेपालीका रूपमा गर्नुपर्ने काम मात्र मैले गरेको छु ।’

छोराको नागरिकता विवादमा अन्नपूर्णका अध्यक्ष क्याप्टेन थापामाथि सामाजिक सञ्जालमा प्रश्न उठेको छ । पहुँचको दुरुपयोग गरेको आरोपमा थापाले भने, ‘अन्नपूर्ण र मेरो परिवार पनि कानुनभन्दा माथि छैन, राज्यले अनुसन्धान गरोस्, हामी सहयोग गर्छौं । गलत गरेको भए कानुनी कारबाही भोग्न हामी तयार छौं,’ उनले भने ।

त्यस्तै सहकारी बचत अपचलन छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको खुलाएको छ । गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु ९जीबी० राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ । राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘२०७३ चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यावसायिक साझेदारीमा जीबी राई देखिएका थिए । राईले एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडियो अहिले पनि सार्वजनिक रूपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ ।’ यद्यपि लगानी भएको रकम भने प्रतिवेदनमा खुलेको छैन ।

एपीवानमा कुरा नमिलेपछि जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘एपीवानमा कुरा नमिली सम्बन्धमा दरार आएपछि राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रममार्फत अलग छवि बनाइसकेका रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

संस्थापक अध्यक्ष क्याप्टेन थापा भने एपीवान टेलिभिजनमा जीबी राई कहिल्यै पनि साझेदार नरहेको र सहकारीको रकम नआएको दाबी गर्छन् । तर, संसदीय समितिले एपीवान टेलिभिजन भनेर स्पष्ट किटान गरेको विषयमा उनी भन्छन्, ‘एपीवान टेलिभिजन होइन, एपीवान मिडियामा जीबी राई साझेदार थिए । एपीवान टेलिभिजन २०७० मा नै स्थापना भएको हो । दुई वर्षपछि एपीवान मिडियाका नाममा विज्ञापन एजेन्सी सञ्चालन भएको थियो जसमा जीबी राई पनि साझेदार थिए । तर, २०७५ मा सेयर ट्रान्सफर गरेर म कम्पनीबाट अलग भएँ ।’

नेचर हर्ब्सलगायतको विज्ञापन गरेबापत करिब दुई करोड रुपैयाँ राईबाट लिन अझै बाँकी रहेको दाबी थापाको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group