काठमाडौं ११ असोज । न्युयोर्क — परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्त राष्ट्र संघ यूएन उपमहासचिव तथा यूएन वुमनकी कार्यकारी निर्देशक सिमा सामी इस्कन्दर बाहौसबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसंघको ७८ औं महासभाको साइडलाइनमा भेटवार्ता भएको हो ।
उक्त अवसरमा युएन वुमनले विश्वभर महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बारेमा दुई जनाबीच कुराकानी भएको थियो ।
न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार भेटमा नेपाल लैंगिक समानतालाई अगाडि बढाउन युएन वुमनसँगको कामलाई निरन्तरता दिन इच्छुक रहेको बारेमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्