काठमाडौं, २१ फागुन । नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा सोमबार अपराह्न ३ बजे राजधानी आइपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीले आफ्नो भेटघाट कार्यक्रम वाम नेताहरु र राष्ट्रपतिसँग मात्र सीमित राखेका छन्।
प्रम अब्बासीको कार्यतालिकामा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग अलगअलग भेट्ने कार्यक्रम छ । उनको कार्यतालिकामा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम सामेल गरिएको छैन। तर देउवालाई प्रधानमन्त्री ओलीले अब्बासीको सम्मानमा दिइएको रात्रिभोजमा भने आमन्त्रण गरेका छन्।
प्रधानमन्त्री ओलीसंग साझ भेटघाटको कार्यक्रम तय भएको छ भने भोली राष्ट्रपति भण्डारी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपालको दुई दिने भ्रमण पूरा गरी भोलि नै प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्