ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   १ : ४६   बजे

काठमाडौं १३ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपदमा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले वर्षा र त्यसपछि आएको बाढी पहिरोसहितका प्राकृतिक प्रकोपबाट घाइते र बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले प्रदेश जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।

साथै स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ औँ घण्टा उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको डा। बुढाथोकीले बताउनुभयो ।

डा।बुढाथोकीका अनुसार मन्त्रालयले प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले हब तथा स्याटलाइट अस्पतालहरूसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहहरूलाई तयारी अवस्थामा राख्न, प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले स्वास्थ्य साझेदारी निकायहरूसँग समन्वयन गर्न र स्रोत अद्यावधिक गर्न निर्देशन दिएको छ ।

त्यस्तै, हब तथा स्याटलाइट अस्पताल सञ्जालहरूले अस्पताल विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार प्रतिकार्य गर्न निर्देशन दिएको डा।बुढाथोकीको भनाइ छ ।

सबै प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न पनि मन्त्रालयले निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो ।

दुई दिन परेको अविरल वर्षका कारण आएको बाढी पहिरो र डुबानबाट करिब एक सयभन्दा बढीको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु : सभापति थापा

‘देशको मुहार फेर्छु भनेर अहोरात्र खट्दा पनि प्रधानमन्त्रीको आलोचना भयो’ : सांसद पराजुली

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu