ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री यादवद्वारा क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   १ : ५२   बजे

काठमाडौं १३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले तीन दिनको लगातारको वर्षाले खानेपानी प्रणालीअन्तर्गत मात्र करिब एक अर्ब क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिँदै क्षतिको पूर्ण विवरण लिइ प्राथमिकताका साथ खानेपानी प्रणालीलाई पुनःस्थापित गर्न सम्बद्ध उच्च अधिकारीहरूसँग अनुरोध गर्नुभयो ।

उहाँले मन्त्रालयका सचिव, विभागीय प्रमुखसहितका उच्चअधिकारी सम्मिलित बैठकमा भन्नुभयो, “लगातार आएको तीन दिनको वर्षाले काठमाडौँ उपत्यकासहित मुलुकका धेरै भाग प्रभावित भई खानेपानी प्रणालीलाई क्षति पुर्‍याएको छ, पानी व्यवस्थापन गर्नुपर्ने दायित्व हाम्रो मन्त्रालयको हो, यस विषम परिस्थितिमा युद्धस्तरमा खटिएर दसैँअघि खानेपानी प्रणाली पुनःस्थापित गर्न सम्बद्ध सबैलाई निर्देश गर्दछु ।”

अविरल वर्षासहित आएको बाढीका कारण उत्पन्न हुनसक्ने हैजा रोगलगायतका महामारीबाट प्रभावित जनतालाई जोगाउन पानीको परीक्षणका लागि प्राविधिक टोली परिचालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

सो अवसरमा बागमती नदीमा आएको बहावका कारण सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानीको धमिलोपनले गर्दा प्रशोधन प्रक्रिया अवरुद्ध भई काठमाडौँ उपत्यकाको खानेपानी आपूर्ति व्यवस्था अवरुद्ध भएको, ललितपुरको फर्पिङस्थित जलविद्युत् परियोजनामा पेनस्टक पाइप विस्फोट हुँदा पानी वितरण रोकिएको र सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखामा रहेका महत्त्वपूर्ण उपकरण डुबेर क्षतिग्रस्त भएकोलगायत विषयमा छलफल भएको बताइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu