ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशका मन्त्री र प्रदेश सचिव ४२ घण्टादेखि अलपत्र


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   १ : ५८   बजे

काठमाडौं १३ असोज । सिन्धुलीमा बागमती प्रदेश सरकारको औपचारिक कार्यक्रमका लागि जानुभएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने बाढी पहिरोका कारण सडक अवरुद्ध बनेपछि अलपत्र बन्नुभएको छ ।

सिन्धुलीमा कार्यक्रमका लागि जानुभएका मन्त्री लामिछाने र प्रदेशका सचिव पूर्णबहादुर दर्जी ४२ घण्टादेखि सिन्धुलीको नेपालथोक बजारमा अलपत्र पर्नुभएको हो ।

मन्त्री लामिछाने, प्रदेश सचिव दर्जीसहित आठ जनाको टोली काठमाडौँ जाने र सिन्धुली बजारतर्फ आउने दुवै मार्ग बाढी पहिरोले अवरुद्ध बनेपछि शनिबारबाट नेपालथोकस्थित एक होटलमा बस्दै आउनुभएको छ ।

गत बिहीबार प्रदेश सरकारले स्थापना सिन्धुलीको भिमानमा निर्माण गर्न लागेको अत्याधुनिक सुरक्षा जाँच चौकीको प्रस्तावित निर्माण स्थलको अवलोकन र स्थानीय सरोकारवालासँग छलफल शुक्रबार प्रदेश सरकारको बजेटबाट सिन्धुलीमा नै नव–निर्मित प्रहरी चौकी हर्षाहीको भवन मन्त्री लामिछानेले उद्घाटन गर्नुभएको थियो ।

मन्त्री लामिछानेले प्रहरी चौकी उद्घाटन गरी काठमाडौँ फर्कने क्रममा प्रहरीले बाढी पहिरोका कारण जोखिम रहेको भन्दै रोकेपछि आफूहरू शुक्रबारबाट नेपालथोकको होटलमा नै रहेको जानकारी दिनुभयो ।

सिन्धुली बजारतर्फ फर्कने र काठमाडौँ जाने दुवै मार्ग अवरुद्ध भएपछि आफूहरू यहाँ रहेको गृहमन्त्री, मुख्यमन्त्री, सेनाका अधिकारीलगायतका सबैलाई जानकारी गराइसकिएको छ प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका लामिछानेले भन्नुभयो तर आफूहरू ४२ घण्टादेखि अलपत्र परेको र उद्धार हुन नसक्दा गन्तव्यतर्फ जान सकेका छैनौँ ।

उहाँले अगाडि भन्नुभयो, ‘‘बिहीबार आएका थियौँ, शुक्रबार काठमाडौँ फर्कने योजनासहित गएका थियो । तर सडकका कारण आइतबारसम्म नेपालथोकमा नै अल्झिएका छौँ ।’’

उहाँले शनिबार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिन आए पनि बाढीपहिरोले सडक अवरुद्ध रहेको र निरन्तरको वर्षाका कारण जोखिम बढेपछि बिच बाटोबाटै फर्केको भन्दै नेपालथोकबाट काठमाडौँतर्फ जान धेरै ठाउँमा सडक अवरुद्ध बनेकाले असम्भव देखिएकाले सिन्धुली हुँदै हेटौँडा आउन सहज हुने भए पनि अझै उद्धारको कुनै उपाय नलागेको बताउनुभयो ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई नेपाली सेनाले हेलिकोप्टरबाट शनिबार उद्धार गरेको स्थल नजिकै रहनुभएका मन्त्रीसहितको टोली आइतबार उद्धारका लागि सेनाको टोली आउने अपेक्षामा हुनुहुन्छ ।

कुशेश्वर महादेव मन्दिर परिसरमा सेनाको टोली हेलिकोप्टरमा राहत सामग्री लिएर आउने जानकारी प्राप्त भएको भन्दै त्यसैबाट उद्धारको आशामा रहेको मन्त्री लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group