ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बाढी र पहिरोको विपत्तिपछि भारतको विहारमा डुबान


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   २ : २३   बजे

काठमाडौं १३ असोज । नेपालमा ठूलो जनधनको क्षति हुने गरी भएको बाढी र पहिरोको विपत्तिपछि अब भारतीय राज्य विहारमा डुबान सुरु भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार बिहान ५ बजे कोशी ब्यारेजमा पानीको सतह ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पुगेको छ जुन १९६८ पछिकै सर्वाधिक हो।

विहारका विभिन्न राज्यमा बाँध टुटेको नवभारत टाइम्सले उल्लेख गरेको छ। मानिसहरुको घरदेखि अन्नबाली लगाएका खेत डुबानमा परेको बताइएको छ।

 

नेपालमा परेको घनघोर वर्षातको असर भारतीय रेलवे सेवामा समेत देखिएको छ। भारतको जोगबनी सीमानजिक नेपालमा भएको भारी वर्षातको पानी जोगबनीको टिकुलिया बस्तीमा शनिबार राति पस्न सुरु गरेको थियो। अहिले रेलवे ट्राकमै पानी जमेको छ।

योसँगै जोगबनीबाट खुल्ने सबै रेलसेवा बन्द भएका छन्। जोगबनीमा अन्तिम रेलवे स्टेसन रहेको छ।

नेपालमा वर्षात कम भएसँगै कोसी र अन्य नदीको जलक्षेत्र भने कम हुँदै गएको बताइएको छ। बिहान ९ बजेसम्म कोसी ब्यारेजबाट ६।२८ लाख र १० बजे ६।१२ लाख क्युसेक पानी छोडिएको छ।

कोसी ब्यारेजनजिकै नेपालको वराह क्षेत्रमा बिहान ९ बजे २।९० लाख क्युसेक पानी रेकर्ड भएको बताइएको छ। कोसी ब्यारेजबाट निस्केको पानीले कोसी तटबन्धभित्र करिब ३०० गाउँमा बाढी पसेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु : सभापति थापा

‘देशको मुहार फेर्छु भनेर अहोरात्र खट्दा पनि प्रधानमन्त्रीको आलोचना भयो’ : सांसद पराजुली

सम्बन्धित

मोदीको ‘दिमागी नक्सल’ टिप्पणीले भारतमा राजनीतिक बहस चर्कियो

मस्कोमा युक्रेनको ठूलो ड्रोन आक्रमण, ६२० भन्दा बढी ड्रोन प्रहार भएको रुसी दाबी

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दिने समारोहमा प्रधानमन्त्री शाह अनुपस्थित

ट्रम्पको लोकप्रियता ओरालोमा, अनुमोदन दर ३३ प्रतिशतमा झर्‍यो

किम जोङ–उनसँग पुनः सम्पर्क भएको ट्रम्पको संकेत

पुटिनको कुरिल भ्रमणपछि रुस–जापान कूटनीतिक तनाव चर्कियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu