ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धार, राहत र अस्थायी पुनर्स्थापनामा खटिन कार्यकर्तालाई दलहरुको आह्वान


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   २ : ४६   बजे

काठमाडौं १३ असोज । अविरल वर्षाका कारण उत्पन्न संकटमा परेकाहरुको उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापना कार्यमा खटिन राजनीतिक दलहरुले पार्टी पंक्तिलाई परिचालित गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान कार्य सम्पादन समितिको बैठक बसेर पीडितहरुको उद्धार कार्यमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले कोजाग्रत पूर्णिमासम्मको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापनामा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको प्रवक्ता डा।प्रकाशशरण महतले बताए । उनका अनुसार कांग्रेसले पीडितहरुको उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

नेकपा एमालेले पनि आइतबार बिहानै केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकबाट पीडितहरुको उद्धार कार्यमा सम्पूर्ण पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको छ । ‘सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिइएको छ’, विभागका प्रमुख खिमलाल भट्टराईले भने ।

उनका अनुसार उद्धार प्रभावित जिल्लाहरुमा आगामी १६ असोजसम्म शुभकामना आदानप्रादन लगायतका पार्टी कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ ।

तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजै कार्यकर्ताहरुलाई स्वयसेवामा परिचालित हुन निर्देशन दिएका थिए । बक्तव्य जारी गरेर पीडितहरुको उद्धार कार्यमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

‘राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत लगायत सबैमा जनताको दुखमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशित गर्दछु’, प्रचण्डले बक्तव्य मार्फत् भनेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा० ले पनि शनिबारै बक्तव्य जारी गरी उद्धार कार्यमा नेता तथा कार्यकर्ताहरुलाई परिचालित हुन निर्देशन दिएको थियो । अध्यक्ष राजेन्द्र लिङदेनले बक्तव्य जारी गरेर आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुनस्र्थापनामा जुट्न निर्देशन दिएका थिए ।

‘विपदसँग जुधिरहेको आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुनस्र्थापनामा जुट्न देशभरका हाम्रो पार्टीका सदस्यहरुसँग हार्दिक आह्वान गर्दछु’ लिङदेनले बक्तव्यमा भनेका छन् ।

उनले पीडित नागकिलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तीन तहकै सरकारबीच प्रभावकारी संयोजन गरिनुपर्ने प्रस्ताव पनि राखेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० ले पनि उद्धार कार्यमा खटिन कार्यकर्ता परिचालन गरेको छ । सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत् नागरिकको जिउधनको सुरक्षामा खटिन आह्वान गरेका थिए ।

‘देशै भरिका प्रभावित क्षेत्रहरुमा स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक सहयोग र सेवामा जुट्न र खटिन रास्वपाका सबै तहका जिम्मेवार सदस्यहरुलाई अपिल समेत गदर्छु’, लामिछानेले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group