ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपालि दसैँमा देखिएन मनसुन बाहिरिने संकेत


मनिषा लामिछाने
१५ आश्विन २०८१, मंगलबार   ११ : ५६   बजे

काठमाडौँ ।  यसपालि दसैँमा मौसम सफा नरहने अर्थात् मनसुन (पानी पार्ने प्रणाली) नहट्ने सम्भावना बढेको छ।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। जुन मिति भोलि (बुधबार) हो।

तर आगामी ३ दिनसम्म मनसुन बाहिरिने कुनै संकेत नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी बताउँछन्।

‘हामी सामान्यतया ३ दिनसम्मको मौसम विश्लेषण गर्छाैं, जसका आधारमा भन्नुपर्दा कम्तीमा आगामी ३ दिनसम्म मनसुन बाहिरिने सम्भावना पटक्कै छैन।’

उनका अनुसार दसैँ आउँदासम्म पश्चिम नेपाल (गण्डकीदेखि पश्चिमतर्फका प्रदेश) मा मौसम केही सफा हुने सम्भावना देखिए पनि मध्य र पूर्वी नेपाल अर्थात् गण्डकीदेखि पूर्व कोसी प्रदेशसम्म वर्षा जारी रहने सम्भावना छ।

‘तर त्यस्तो आत्तिनुपर्ने खालको झरी हुँदैन’, मौसमविद् अधिकारीले भने, ‘हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्छ।’

त्यसो त गत वर्षहरूमा पनि मनसुन औसत मितिभन्दा दुई हप्तासम्म ढिलागरी बाहिरिएका उदाहरण पनि छन्।

‘जस्तो : २०७० सालमा मनसुन कात्तिक २ गते (अक्टोबर १९) मा बाहिरिएको थियो, यसैगरी २०६५ मा पनि मनसुन कात्तिक १ गते (अक्टोबर १७) मा बाहिरिएको थियो’, मौसमविद् अधिकारीले भने, ‘यसपटक पनि मनसुन बाहिरिन ढिला हुने त निश्चितै भइसक्यो, किनभने मनसुन बाहिरिने औसत मिति भोलि (अक्टोबर २) नै हो।’

तर केही दिनअघिजस्तो लगातार र भीषण वर्षाको सम्भावना भने नरहेको उनको दाबी छ।

‘म सबैलाई के भन्न चाहन्छु भने मनसुन नबाहिरिए पनि दसैँमा त्यस्तो आत्तिन पर्ने खालको अवस्था आउँदैन’, उनले भने।

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ हो। तर यसपालि मनसुन ३ दिन छिटो अर्थात् जुन १० तारिखमै नेपाल भित्रिएको थियो।

नेपालको पूर्वबाट प्रवेश गरेर पश्चिम फैलिँदै जाने मनसुन बाहिरिँदा पनि पूर्वबाटै बाहिरिन्छ। मनसुन बाहिरिएपछि बर्खा सकिएको मानिन्छ।

त्यसपछि पोस्ट मनसुन सिजन सुरु हुने मौसमविद् बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group