ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलबाट क्रोएसिया जान लागेका १५ बंगलादेशी नागरिक पक्राउ


एबीसी न्यूज
१५ आश्विन २०८१, मंगलबार   ८ : ३७   बजे

 

काठमाडौँ १५ असोज । नेपालको विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

 

पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ । यो सँगै बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्रोएसिया जाने गरेको तथ्य खुलेको छ ।

प्रहरीले उनीहरुलाई ओभरस्टे र अन्य गैरकानुनी गतिविधिको आरोपमा पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो । विभागले सोधपुछ गर्दा उनीहरुले नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान आएको बयान दिएका हुन् ।

सोमबार पक्राउ परेका बंगलादेशीमा ४० वर्षीय मोख लेस, २० वर्षीय अमीरुल ईस्लाम, २५ वर्षीय मसूद सिकरी, २५ वर्षीय मुसा ढली, २० वर्षीय मोहम्मद मुसरफ हुसैन, २४ वर्षीय सोजिव मिया, २० वर्षका मोहम्मद अल अमिन, ४४ वर्षका मोहम्मद अनवार हुसैन, २२ वर्षका सलमान मिया, २१ वर्षका सलेह अहमद रिजुवान, ३१ वर्षका मोहम्मद अबु सलेह, २० वर्षका मोहम्मद नुर अलोम, ३९ वर्षका मोहम्मद मोनिर हुसैन, २७ वर्षका मोहम्मद हफिज उद्धन र २१ वर्षका कमरुल हसन छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरु ओभरस्टेलगायत आरोपमा पक्राउ परेका हुन् । विभागको अनुसन्धानमा अधिकांशले बंगलादेशबाट अन्तर्राष्ट्रिय विमानस्थलमै आएर ३० दिनको भिसा लिएको, त्यसपछि भिसा थप नगरी बसेको र पासपोर्ट एजेण्टले क्रोएसियाका लागि भिसा प्रक्रियामा भारत पुर्‍याएको बयान दिएको विभागका निर्देशक प्रेमप्रसाद दाहालले बताए । ‘भारतबाट पासपोर्ट ल्याएर ओभरस्टेबापतको जरिवाना तिर्ने र भिसा नियमित गर्ने प्रक्रिया पूरा नगरेमा उनीहरुलाई सम्बन्धित देशमै निस्कासन गरिने छ, त्यसबेलासम्म होटल सञ्चालक जमानीमा बसेपछि छाडिएको हो,’ उनले भने ।

पछिल्लो पटक बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीलाई भारत प्रवेशमा कडाई गरिएको छ । त्यसकारण भिसा प्रक्रिया भारतस्थित क्रोएसियाली दूतावासबाटै पूरा गरी गन्तव्यमा पुग्न उनीहरुले काठमाडौंलाई ट्रान्जिट बनाउने गरेका हुन् । यसका लागि एजेन्टलाई पैसा बुझाएर उनीहरु नेपाल आउने गरेको भेटिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu