एबीसी टिप्पणी : इजरायल र हिज्बुल्लाहबिच रकेट र मिसाइल हानाहानको केही दिनपछि अक्टोबर १ मा द्वन्द्वले अझ बढी भयानक मोड लिएको छ । इजरायलले लेबनानमा जमीनी आक्रमण गर्न अघि बढ्दै गर्दा इरानले इजरायलमा प्रत्यक्ष मिसाइल आक्रमण गरेको छ । अक्टोबर ७ ,२०२३ को आक्रमणपछि धेरैले डर मानेको पूर्ण विकसित क्षेत्रीय युद्ध अब पहिलेभन्दा धेरै नजिक देखिन्छ। एउटा सम्भावना यो छ कि इरानले आणविक कार्यक्रमका लागि प्रयोग गरिएका सुविधाहरूलाई लक्षित गर्दै, इजरायलले दुई दशकदेखि योजना बनाइरहेको उच्च–जोखिमको मिसन का रुपमा अब इरानमा हवाई आक्रमणको प्रतिक्रिया दिनेछ ।
अमेरिकी सरकार र इजरायली अधिकारीहरूको चेतावनीपछि अक्टोबर १को साँझ इरानले क्षेप्यास्त्र आक्रमण सुरु गरेको थियो। तेल अवीव र जेरुसेलममा मानिसहरू आश्रयस्थलहरूमा भेला भएका थिए। अप्रिलमा इरानको अघिल्लो मिसाइल आक्रमण गरेको थियो, जसमा ३०० भन्दा बढी प्रोजेक्टाइलहरू प्रहार गरिएको थियो । त्यो असफल भएको थियो । तिनीहरूलाई हवाई–रक्षा प्रणाली र अमेरिकी र इजरायली युद्धक विमानहरूले रोकेका थिए। इजरायल र अमेरिका दुवैले इरानले यस पटक करिब ३०० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र इजरायलमा कुनै मृत्युको खबर नभएको पुष्टि गरेका थिए । ‘यस बिन्दुमा हामीलाई जानकारी प्राप्त भएको आधारमा, यो आक्रमण पराजित भएको देखिन्छ’, जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इरानी हवाई अक्रमण लगत्तै ह्वाइटहाउसमा बोल्दै भनेका छन् ।
अझै पनि, इरानी आक्रमणको असरले गर्दा अहिलेको इजरायली हताहतभन्दा धेरै टाढा युद्ध भड्कने खतरा छ । इजरायलको राजनीतिक र सुरक्षा प्रतिष्ठानभित्रका धेरैले इरानका प्रोक्सीहरूको कमजोरीलाई ध्यानमा राख्दै यस क्षेत्रमा रणनीतिक तस्वीर परिवर्तन गर्ने समय आएको विश्वास गर्छन्। सेप्टेम्बर २७ मा बेरुतमा हिज्बुल्लाहका नेता हसन नस्रल्लाह र एकजना वरिष्ठ इरानी जनरलको हत्या जस्ता घटनाले इरानलाई उक्साउन र यसलाई रणनीतिक जालमा फाल्न डिजाइन गरिएको त थिएन भन्ने समेत विश्लेण हुन थालेको छ । जे भए पनि इरानी आक्रमणले इजरायललाई इरानको आणविक खतरासँग सामना गर्ने अवसर मिलेको भन्ने तर्कलाई बल पुर्याउने निश्चित छ ।
यसखाले मूल्याङ्कनको कुञ्जी के हो भने इजरायलका लागि लोखाजोखामा धेरै सुधार भएको अमेरिकी रणनीतिकारहरुले दावी गर्न थालेका छन् । पहिले इजरायल बढी प्रोभोक हुने गरेकोमा पेन्टागनको चिन्ता थिाये । अप्रिलमा इरानको असफल आक्रमणको एउटा तत्व भनेको उसले आफ्नै कमजोरीलाई देखाएको थियो । इजरायलले पूर्ण–स्तरको प्रतिशोधबाट बच्ने बाटो रोजेको थियो । तर त्यसको तीन दिन पछि एक प्रमुख इरानी हवाई–रक्षा रडारलाई इजरायलले ध्वस्त पारिदिएको थियो । इरानको सुरक्षा व्यवस्था इजरायली वायु सेनाका लागि कमजोर कडी मान्ने नेतान्याहू प्रशासलने मध्यपूर्वमा झन् ठूलो खाले युद्धमा लैजाने खतरा देखिएको छ । यसैबीच आक्रमणको बिरूद्ध लामो समयदेखि तर्क के थियो भने इरानले हिज्बुल्लाहलाई इजरायलमा आक्रमण गर्न लगाएर तेलअविवलाई जवाफ दिनेछ। अब हिज्बुल्लाहमाथिको दमन गर्न इजरायल युद्धस्तरमा पुगेको छ, हिजबुल्लाहालाई सखाप पर्ने कुरा इजरायलका लागि कुनै कुनै समस्या नरहेको इकोनोमिष्टले लेखेको छ ।
इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहूले विगतमा इजरायलका जनरलहरूलाई इरानमा आक्रमणको रणनीतिक मूल्यका बारेमा बुझाउने प्रयास गर्दा असफल हुने गरेका थिए । तर पछिल्लो मिसाइल आक्रमणले उनले उनीहरूलाई यसको महत्व र आक्रमणका लागि सहमत गराउन सफल हुने विश्लेषण गरिएको छ। इजरायली रणनीतिकारहरु पनि विश्वास गर्छन् कि बाइडेनले आफ्नो कार्यकालको अन्त्यमा इजरायललाई पूरा समर्थन र सहयोग दिनेछन् , अझ अघि बढेर यस्तो अभियानमा बाइडेन पनि सामेल हुनेछन् । यस्तो भएमा इरानको आणविक कार्यक्रमलाई तहसनहस पार्दै इस्लामिक गणतन्त्रको अलोकप्रिय शासनको नेतृत्व गर्ने ईश्वरवादी र सैन्य कट्टरपन्थीहरूको स्थितिलाई उलटपुलट पार्न सचाहन्छन् ।
इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण, मध्यपूर्व पूर्णयुद्धको भूमरीमा !
सेप्टेम्बर ३० को अन्त्यमा दक्षिणी लेबनानमा पहिलो इजरायली आक्रमण भएको थियो। सैनिकहरू ूसीमाबाट पैदल दूरीू बाट केही मात्र अघि बढेका इजरायली मिडियाले उल्लेख गरेका छन् । यी ूछापाहरूू को उद्देश्य उत्तरी इजरायलमा बमबारी गरिरहेको इरानी समर्थित मिलिशिया हिजबुल्लाहले प्रयोग गर्ने मिसाइल–लन्चरहरू र अन्य सैन्य पूर्वाधारहरू नष्ट गर्नु थियो। अहिलेसम्म, इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले पूर्ण आक्रमणका लागि आवश्यक रिजर्विस्टहरूको सङ्ख्यालाई नबोलएको बताइएको छ ।
इजरायली अधिकारीहरूले उल्लेख गर्ने गरेको एउटा सम्भावना भनेको इजरायलीहरूलाई आफ्नो घर फर्कन सुरक्षित छ भनेर आश्वासन दिन सीमाभन्दा केही किलोमिटर चौडा बफर–जोन सिर्जना गर्नु हो। गत वर्ष अक्टोबर ८ मा हिज्बुल्लाहले उत्तरी इजरायलमा गोलाबारी सुरु गर्दा खाली गर्न बाध्य भएका ६० हजार भन्दा बढी नागरिकहरूको घर फिर्तीका लागि सहज अवस्था सिर्जना गर्नु इजरायलको आधिकारिक उद्देश्य हो।
तर पनि लेबनानमा इजरायली आक्रमणहरू पूर्ण युद्धको आक्रमण शैलीमा अघि बढेको पश्चिमी मिडियाहरुले नै दावी गरिरहेका छन् । इजरायलबाट ६० किलोमिटर टाढा रहेका २० भन्दा बढी गाउँका बासिन्दाहरूलाई तुरुन्त आफ्ना बस्ती खाली गर्न आईडीएफले अरबीमा भाषामा दिएको चेतावनीले इजरायलको ठूलो योजना छ भन्ने स्पष्ट सङ्केत दिएको छ। अहिलेसम्म आईडीएफ र हिजबुल्लाहबिच जमिनमा आमनेसामने कुनै झडप भएको कुनै खबर आएको छैन । तर यस्तो सम्भवाना वा डर समयको कुरा मात्र हो। यद्यपि धेरै हिज्बुल्लाह लडाकुहरू इजरायली हवाई आक्रमणबाट बच्न उत्तरतर्फ पछि हटेका छन्, इजरायली गुप्तचरले लगभग २ हजार कुलीन ूरादवानू बल सीमा नजिकै रहेको आशंका गरेको छ ।
यो क्षेत्रमा कुनै पनि लडाइँ तीव्र हुनेछ। केही हिजबुल्लाह सेनाहरूले सिरियाको गृहयुद्धमा लडेका छन्, हिजबुल्लाहले बशर अल असदको घातक शासनलाई समर्थन गरेको थियो। उनीहरूलाई चट्टानी र पाहाडी भू–भाग पनि कसरी टिक्ने भन्ने राम्रो ज्ञान छ । यसले गर्दा इजरायली फौजनमाथि आक्रमण गर्न धेरै सहज ठाउँहरू प्रदान गर्दछ। लेबनानमा प्रवेश गर्ने आईडीएफ सेनाहरू पनि गाजामा एक वर्षको लडाइँबाट अभ्यसस्त भएका छन्। इजरायलको लडाकू–जेटहरू, आक्रमणकारी हेलिकप्टरहरू र निगरानी ड्रोनहरूले हावाइ अवलोकनबाट सूचना संकलनलाई निकै ससजिलो बनाइदिएको छ । इजरायलले सेप्टेम्बरको मध्यमा हिजबुल्लाहका सदस्यहरूले प्रयोग गर्ने हजारौं बुबी–ट्र्याप्ड पेजरहरू र वाकी–टकीहरू विस्फोट गराएर देखाइदिएको छ । त्यस घटनाले हिजबुल्लाहलाई सञ्चार नेटवर्कमा अवरोध सिर्जना गरिदिएको छ ।
जबसम्म इजरायली अपरेसन सीमा नजिक रहन्छ, यसलाई अमेरिकाको समर्थन रहेको देखिन्छ। यो अपरेसन ‘आफ्ना नागरिकहरूको रक्षा गर्ने र नागरिकहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फर्काइदिने इजरायलको अधिकार अनुरूप छ’, ह्वाइट हाउसका प्रवक्ताले पटकल पटक भनेका छन् । ‘हामी हेजबुल्लाह र सबै इरानी समर्थित आतङ्कवादी समूहहरू विरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकारलाई समर्थन गर्दछौँ।’
केही इजरायलीहरू नेतान्याहु र उनको अति–दक्षिणपन्थी गठबन्धनको लडाइँलाई हिज्बुल्लाहसँगको युद्धमा झोंक्ने खतराबाट सावधान रहेको बताइन्छ । ‘लेबनान एउटा भोर्टेक्स हो जसले हामीलाई पहिले नै भित्र पारेको छ’, पूर्व आइडिएफ जनरल र तेल अवीवको राष्ट्रिय सुरक्षा अध्ययन संस्थानका प्रमुख तामिर हेम्यानले चेतावनी दिएको इकोनोमिष्टले उल्लेख गरेको छ । ‘इजरायलले लेबनानमा आफ्ना उद्देश्यहरू स्पष्ट पार्नु आवश्यक छ र हिजबुल्लाहसँग कस्तो प्रकारको युद्धविराम स्वीकार गर्न इच्छुक छ भनेर निर्धारण गर्नु आवश्यक छ। हिज्बुल्लाहविरुद्ध अहिलेसम्म सबै कुरा ठिकठाक चलिरहेको छ, तर लेबनानमा विनाशको सम्भावना धेरै छ। ‘एक उच्च जोखिम अब इरान र इजरायल बीचको अझ उच्च युद्धको कालो बादल मडारिनु हो ।’ वास्तवमै इरान–इजरायल पूर्णस्तरको युद्धमा गए भने सम्पूर्ण मध्य पूर्वका लागि मात्र होइन, विश्वभर यसको गम्भीर असर पर्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्