ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा प्रचण्डले गलत प्रचार गरे – प्रधानमन्त्री


एबीसी न्यूज
१६ आश्विन २०८१, बुधबार   २ : २५   बजे

काठमाडौं १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड सेबोन को अध्यक्ष नियुक्तिमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले आफूविरुद्ध ५ अर्ब खान लागेको भन्ने गलत प्रचार गरेको बताएका छन्।

मंगलबार आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले त्यो समयमा एमाले सरकारमा भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब लिनेकुरा आफूले नगरेको पनि दाबी गरे।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले आफू निकट पत्रिकामा समाचार लेखाएर हल्ला फिँजाएको जिकिर उनको थियो।

 

‘सेयर मार्केटमा गइरहेको पहिरोको कुरा गर्नुभयो। सेयर मार्केट तलमाथि भइरहन्छ। यस्तो परिस्थितिमा बाढी, पहिरो गयो, देशको अर्थतन्त्रमा ठूलो धक्का लाग्यो अनि सेयर मार्केट अनि एकदम माथि उठेर कसरी जान्छ। त्यो अलि स्वभाविक नै जस्तो लाग्छ मलाई। यस्तो विपद्को बेलामा सेयर मार्केट अलि डाउन हुनेकुरा स्वभाविक नै हो। फेरि माथि उठ्ला भन्ने आशा गरेको छु। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति ५ अर्ब मैले भनेको होइन, ५ अर्बको कुरा एउटा पत्रिकाले छाप्यो।

जो त्यस बेलाका सरकारका प्रधानमन्त्री, अर्थमन्त्रीहरूको नजिकै वा उहाँहरुको पक्षको केही हो। त्यो मैले भनिरहन परेन। ४र५ अर्ब खाने भयो भनेर, ४र५ अर्बको बाटो गर्‍यो भनेर भनियो। हाम्रो पार्टी त्यतिबेला सरकारमा भएपनि हामी न निर्णय गर्ने ठाउँमा थियौँ। यति चाहीँ भनेको हो। हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगर्नु। देशको अवस्था नाजुक छ,’ उनले भने।

हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगर्न सरकारलाई खबदारी गरेपछि प्रधानमन्त्री झस्किएर भोलिपल्ट ५ अर्ब खाने भयो भन्ने समाचार लेखाएको प्रधानमन्त्री ओलीले बताए।

अध्यक्ष नियुक्ति गर्ने अर्थमन्त्री एउटा र प्रधानमन्त्री अर्को हुँदा बाहिरको बसेको आफूलाई ५ अर्ब खाने भयो भनेर अफवाह फैल्याइएको उनको भनाइ थियो।

‘यसमा कमिसनखोरी गर्ने, कमिसन खाने, पैसा लिएर नियुक्ति, पैसा लिएर सरुवा, बढुवा जस्ता कुराहरू, कमिसन लिएर ठेक्का दिनेकुराहरू गर्नु हुँदैन भनेर मैले भनेको थिएँ। त्यो भनेपछि किन झस्किनुभयो, भोलिपल्ट ५ अर्ब खाने भयो भनेर छापेपछि मैले उहाँहरूलाई सोधेँ। ५ अर्ब मलाई कसले ल्याएर दिन्छ ररु किन दिन्छरु मैले भनेको छु, म कमिसनका निम्ति काम गर्ने होइन, देशका निम्ति काम गर्ने हो,’ उनले भने, ‘म भ्रष्टाचार गर्ने होइन, रोक्ने मान्छे हुँ।

मैले कसरी छाप्यो भनेर सोधेँ, हामीले छपाएको होइन भन्नुभयो। अचम्म के छ भने अर्थमन्त्री एउटा छ, प्रधानमन्त्री अर्को छ अनि ५ अर्ब केपी ओलीले खाने भयो भनेर छापिन्छ, के हो त्यो भनेर मैले उहाँहरूलाई यसमा ५ अर्बको डिल गर्नेले पनि गर्ला जस्तो लाग्दैन। यस्तो हुन्छ भने यो कुरा बन्द र अन्त्य गर्नुस् भनेपछि उहाँहरू छट्पटाउनुभयो।’

उनले सेयर मार्केटमा तलमाथि हुनु स्वाभाविक प्रक्रिया भएको बताउँदै उनले विपद्जन्य घटनाका कारण देशको अर्थतन्त्रमा ठूलो धक्का लागेको अवस्थामा सेयर मार्केट तल जानु स्वाभाविक भएको बताए।

‘सर्वोच्च अदालतले नै पहिलाकै प्रक्रियाअनुसार अघि बढ्नुस् भन्ने आदेश दिएको हुनाले त्यो प्रक्रिया अघि बढेको हो। ५ अर्बको कुरा त मलाई विश्वास छैन तर यो जो छाप्नुभयो, तत्कालीन प्रधानमन्त्री, अर्थमन्त्री जसले जसले छाप्नुभयो। उहाँहरूले छाप्नुभयो। उहाँहरूले किन छाप्नुभयो, त्यो म जान्दिन, उहाँहरू निर्णय गर्ने ठाउँमा हुनुहुन्थ्यो। फेरि मेरा नाउँमा किन छपाउनु भयो, ५ अर्ब खाएको छ। उहाँहरू यस्ता हल्लाहरू खुब गरेर हिँड्नुहुन्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu