काठमाडौं १६ असोज । टी २० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन्।
आईसीसीले अक्टोबर १ मा सार्वजनिक गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन्।
अब दीपेन्द्रभन्दा अगाडी पहिलो स्थानमा इङ्ल्याण्डका लियाम लिभिङस्टोन मात्रै छन्। दीपेन्द्रले अष्ट्रेलियाका मार्कस स्टोनिस, जिम्बावेका सिकन्दर राजा, श्रीलंकाका वानिन्दु हसरंगा र अफगानिस्तानका मोहम्मद लाबीलाई पनि पछि पारेका छन्। भारतका हार्दिक पाण्ड्या सातौं स्थानमा छन्।
नेपालका कुशल मल्लको पछिल्लो वरीयता भने खस्किएको छ। उनी ६ स्थान तल झर्दै ४० औँ स्थानमा पुगेका छन्। रोहित पौडेलको वरियता यथावत रहँदा गुल्शन झाले ११ स्थान सुधार गरेका छन्। रोहित र गुल्शन ५३ औँ स्थानमा छन्।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेका कुशल भुर्तेलको बरियतामा ६ स्थान सुधार देखिएको छ। करण केसी ७१ औँ स्थानमा यथावत रहँदा अन्य खेलाडी एक सयभित्र अटाउन सकेका छैनन्।
पछिल्लव वरीयतामा ऐरीले ब्याटिङतर्फ दीपेन्द्रले २ स्थान सुधार गरेका छन्।
यअसघि ४५ औँ स्थानमा रहेका दीपेन्द्र अहिले ४५ स्थानमा आइपुगेका छन्। बलिङतर्फ भने एकैपटक २३ स्थानमा सुधार गरेका छन्। बलिङतर्फ इङ्ल्याण्डका लियाम लिभिङस्टोनसँगै ७० औँ स्थानमा छन्।
टी २० वरीयतामा नेपाल १७ औँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्