ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अखाद्यबस्तु प्रयोग गर्ने आँगन स्विट्सलाई दुई लाख जरिबाना


एबीसी न्यूज
१७ आश्विन २०८१, बिहिबार   १२ : ४९   बजे

काठमाडौं १७ असोज । सरकारको संयुक्त बजार अनुगमन टोलीले आँगन स्विट्सका मिठाई उत्पादन हुने कम्पनी आकाश फुड्सलाई गुणस्तरहीन वस्तु प्रयोग गरेको भन्दै जरिबाना गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको अनुगमन टोलीले उक्त पसलको अनुगमन गर्ने व्रmममा बाढीले भिजेको, प्याकेजिङ खुइलिइसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि दुई लाख रुपियाँ जरिबाना तिराएको हो ।

विभागका अनुसार आकाश फुड्सले आँगन ब्रान्डका मिठाई उत्पादन गर्ने कम्पनी हो, उनीहरूको वितरण निकै राम्रो देखिए पनि उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकूल अवस्था देखिएपछि जरिबाना तिराएको बताइएको छ ।

विभागका प्रवक्ता डिकबहादुर कार्कीले मिठाई उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिइसकेको, तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः प्रयोग गरेको जस्ता कैफियत देखिएको जानकारी दिनुभयो ।

विभागको अनुगमन टोली जावलाखेलस्थित हान कुक साराङ रेस्टुरेन्टको अनुगमनका क्रममा ब्रान्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि तीन लाख रुपियाँ जरिबाना गरेको जनाएको छ ।

विभागले पछिल्ला दिनमा ठुला र नाम कहलिएका ब्रान्डहरूमा अनुगमन बढाएको छ । जसमा धेरै कैफियत देखिएको विभागको अनुगमनबाट पाइएको छ । विभागले पछिल्ला दिनमा दैनिक सातदेखि नौ वटा टोली विभिन्न वस्तुको अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu