काठमाडौं १७ असोज । बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको पाइएको छ ।
यो खण्डको लम्बाई १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको ९वासआउट भएको० भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले जानकारी दिए । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पहाड काटेर सडक बनाउने अवस्था छैन ।’
नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सुचारु गर्ने प्रयास हुनेछ ।
उनका अनुसार असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका सडकहरुमा अस्थायी संरचनना बनाउन मात्र साढे २ देखि ३ अर्ब लाग्ने अनुमान छ ।
स्थायी संरचना बनाउन भने २० देखि २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान रहोको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्