ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्‌मा परेर घाइते भएकालाई उपचारबाट बञ्चित हुन दिँदैनौँ : स्वास्थ्यमन्त्री


एबीसी न्यूज
१७ आश्विन २०८१, बिहिबार   ४ : ४६   बजे

काठमाडौं १७ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्‌मा परेर घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको दाबी गरेका छन्।

बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्‌बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले यस्तो बताएका हुन्।

उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताउँदै स्वास्थ्यमन्त्री पौडेलले सरकारी अस्पतालहरूमा विपद्‌बाट घाइते भएका बिरामीहरूको निःशुल्क उपचार जारी रहेको जानकारी दिए।

 

‘उपचार आवश्यक भएका सबै नागरिकहधलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयका सबै अस्पतालहरूमा त्यो व्यवस्था गरिएको छ। निजी अस्पतालाहरूलाई पनि विपद्‌मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ। उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन,’ उनले भने।

विपद्‌बाट घाइते भइ उपचार नपाएका नागरिकहरुले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताउँदै उनले कतिपय नागरिकहरूलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गरे।

‘अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्‌मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरूले गर्नेछन्। जस्तोसुकै जटिल समस्यको पनि उपचार हुनेछ। जो बिरामी हुनुहुन्छ, नजिकको स्वास्थ्य संस्थामा आएर उपचार गर्नुहोला। सम्पूर्ण उपचार निःशुल्क हुन्छ। उपचारबाट वञ्चित हुन दिँदैनौँ,’ उनले भने।

मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group