ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालपोतका हाकिमले किस्तामा घुस लिएको गुनासो


एबीसी न्यूज
१७ आश्विन २०८१, बिहिबार   ४ : ५२   बजे

काठमाडौं १७ असोज । जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको छ ।

कार्यालय प्रमुख अशोक सार्कीले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ ।

कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट छुट जग्गाको फाइल दर्ता गर्नेबेला २०८१ वैशाख ३० गते पाँच हजार, स्थलगत सर्जमिन मुचुल्का बनाउने बेला फिल्डभत्ता भन्दै २०८१ साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय, कर्मचारीलाई मिलाउनुपर्ने भन्दै २०८१ भदौ १७ गते २० हजार, काम सम्पन्न गरी दस्तखत गर्ने बेला असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको पीडितको गुनासो छ ।

कार्यालय प्रमुखले पटक पटक घुस लिएको अडिओ–भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको सेवाग्राही नरबहादुर विष्टले बताउनुभयो । काम हुन्छ भन्दै छ महिनासम्म झुलाएर पाँच पटक घुस दिन बाध्य भएको उहाँले पीडा सुनाउनुभयो ।

सेवाग्राही विष्टले भन्नुभयो, “हाकिमसापलाई ५१ हजार दुईसय रुपियाँ नगद र बैतडीबाट घर बिदा जाने बेला पाटन नगरपालिका –८, खोड्पे बजारमा १० किलो आलुसमेत दिएको छु । काम हुन्छ भनेपछि नगदसहित १० किलो आलु दिएँ ।”

घुस लिएको भिडिओका विषयमा कार्यालय प्रमुख सार्कीले सेवाग्राही आफैले टेबुलमा राखिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खाड्पेतिरका सेवाग्राही आफैले टेबुलमा पैसा राखिदिएका हुन् । फोटो पनि खिचेका रहेछन् । त्यस्तो त खासै होइन, आफैले दिएका हुन् ।” कार्यालय प्रमुख सार्कीले सेवाग्राहीलाई फोन गरेर, भेटेर मात्र होइन, घुसको अन्तिम किस्ता कार्यालयमै लिएको भिडिओ सार्वजनिक भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu