ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरु प्रमुख मतदानमा पार्टी लाइनबाट बाहिर जानसक्ने पाकिस्तानी सर्वोच्च अदालतको फैसला


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   १२ : ४०   बजे

काठमाडौं १८ असोज । पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार सांसदहरुले प्रमुख मुद्दाहरुमा आफ्नो पार्टीबाट अलग भएर मतदान गर्नसक्ने फैसला गरेको छ । यसले संवैधानिक सुधारका लागि समर्थन जुटाउने प्रयासमा रहेको सरकारलाई सांसद खरिदबिक्रीको अनुमति दिनेछ ।

गत फेब्रुअरीमा भएको निर्वाचन धाँधलीले प्रभावित भएको थियो र यसबाट प्रधानमन्त्री शहबाज शरिफलाई फाइदा पुगेको थियो । अस्थिर गठबन्धन सरकारका प्रमुख शरिफसँग संविधान परिवर्तन गर्न आवश्यक दुई(तिहाई बहुमतको अभाव छ ।

उहाँले कथितरुपमा कार्यपालिकालाई न्यायपालिकामाथि अधिक शक्ति दिने योजना बनाइरहनुभएको छ । न्यायपालिकामा जेलमा रहनुभएका विपक्षी नेता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलिरहेका छन् । बिहीबारको फैसलाले शरिफको सरकारलाई व्यक्तिगत सांसदहरुको मत माग्न र खानको पाकिस्तान तहरिक(ए(इन्साफ ९पिटिआई० पार्टीप्रति वफादार सांसदहरुलाई समर्थनका लागि दबाब दिन अनुमति दिनेछ ।

“यसले संवैधानिक संशोधनका लागि उनीहरुको बाटो खोलिदिएको छ, यो शासक दलले पिटिआईलाई कमजोर पार्न पनि प्रयोग गरिरहेको छ”, राजनीतिक विश्लेषक जाहिद हुसेनले भन्नुभयो । सन् २०२२ को सर्वोच्च अदालतको एउटा फैसलामा पार्टी लाइन पार गरेका सांसदहरुको मत संवैधानिक संशोधन, अविश्वासको मत र प्रधानमन्त्रीको निर्वाचनजस्ता प्रमुख मतगणनामा गणना नगरिने उल्लेख छ ।

यद्यपि बिहीबारको फैसलाले त्यो फैसलालाई ‘सर्वसम्मति’ ले फिर्ता लिएको छ । प्रधानन्यायाधीश काजी फाएज इसाले अदालतमा विस्तृत फैसला पछि जारी गरिने बताउनुभयो । विपक्षी दलहरुले शरिफको सरकारले प्रस्ताव गरेको संशोधनले संविधानमााथि निर्णय गर्न नयाँ अदालत सिर्जना गर्ने र त्यसको प्रमुख न्यायाधीश प्रधानमन्त्रीले छान्ने बताएका छन् ।

सर्वोच्च अदालत र अन्य पाकिस्तानी न्यायाधिकरण नयाँ अदालतको फैसलाको अधीनमा रहने छन् । पिटिआईका वकिल अली जाफरले भन्नुभयो, “यो संवैधानिक संशोधनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्र र संविधान आफैँलाई पनि कमजोर बनाउनेछ ।” खानलाई फेब्रुअरीको निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो र उहाँका अनुसार राजनीतिकरुपमा प्रेरित भएको आरोप लगाइएका मुद्दाहरुमा उहाँ जेलमा हुनुहुन्छ ।

पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार खानप्रति वफादार उम्मेदवारहरु उक्त निर्वाचनपछि संसद्मा सबैभन्दा ठूलो समूह बने तर शासन गर्न आवश्यक बहुमत पुर्याउन असफल भए । शरिफको पाकिस्तान मुस्लिम लिग नवाज ९पिएमएल(नवाज० पार्टीले शक्तिशाली सैन्य प्रतिष्ठानको नजिक मानिने अन्य दलहरुसँग सरकार बनाउन सम्झौता गर्यो ।

यद्यपि नियमित सडक प्रदर्शन गर्दै र संसद्मा सरकारलाई चुनौती दिँदै पिटिआई एउटा सक्रिय विपक्षी शक्ति रहेको छ । खानले आफूविरुद्धका धेरै भ्रष्टाचारको आरोपमा मुद्दाहरु विभिन्न अदालतहरुमा नचाएको देख्नुभएको छ । एकहत्तर वर्षीय खान एक वर्षभन्दा बढी समयदेखि जेलमा हुनुहुन्छ । पिटिआईले शुक्रबार राजधानी इस्लामाबादमा नयाँ विरोध प्रदर्शनको आह्वान गरेको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group