काठमाडौं । अमेरिकामा इरानविरुद्ध सम्भावित परमाणु हतियार प्रयोगबारे छलफल गर्न उच्चस्तरीय रणनीतिक बैठक भइरहेको पूर्वसांसद मार्जोरी टेलर ग्रीनले दाबी गरेकी छन्।
ग्रीनले सामाजिक सञ्जाल एक्समार्फत आफूले अनुमानका आधारमा नभई जानकारीका आधारमा यस्तो दाबी गरेको बताएकी छन्। यद्यपि, उनले आफ्नो दाबी पुष्टि हुने कुनै प्रमाण सार्वजनिक गरेकी छैनन्।
टर्कीको समाचार संस्था अनादोलुका अनुसार, ग्रीनले अमेरिकी प्रशासनले इरानविरुद्धको सैन्य कारबाहीमा परमाणु हतियार प्रयोगको सीमा घटाउने विषयमा विचार गरिरहेको आरोप लगाएकी छन्।
उनले इरान परमाणु हतियार निर्माणको नजिक नपुगेको अमेरिकी गुप्तचर निकायको मूल्यांकनलाई बेवास्ता गर्दै प्रशासनले इजरायली दबाबलाई प्राथमिकता दिएको दाबीसमेत गरेकी छन्।
ग्रीनले यस्तो सैन्य नीति अघि बढेमा सर्वसाधारणमा व्यापक क्षति पुग्नुका साथै क्षेत्रीय अस्थिरता बढ्ने चेतावनी दिएकी छन्। परमाणु द्वन्द्व भए त्यसले विश्वव्यापी महाविनाश, आर्थिक मन्दी र अभूतपूर्व मानवीय क्षति निम्त्याउन सक्ने उनको भनाइ छ।
उनले सम्भावित परमाणु द्वन्द्वका लागि वर्तमान अमेरिकी नेतृत्वलाई इतिहासले जवाफदेही बनाउने चेतावनीसमेत दिएकी छन्।
ग्रीनको दाबीबारे प्रतिक्रिया मागिए पनि ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया नदिएको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्