ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा दशैं–तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   १ : ००   बजे

काठमाडौं १८ असोज । दशैं–तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यवस्था मिलाउन गुल्मीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।

जिल्लाको सदरमुकाम तम्घासको तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क, वामी, रिडी बसपार्क, श्रृङ्गा लगायतका स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । सहायता कक्षको स्थापना गर्दै गुल्मीबाट बुटवलको छुट्ने बस चालकलाई फूल माला लगाएर सुरक्षित यात्राको कामनासहित शुभारम्भ गरिएको थियो ।

दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिकको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको डिएसपी पोखरेलले बताए । यो अवधिमा ओभर लोड र मापसे जाँचलाई कढाइका साथ लैजाने पोखरेलले बताए ।

यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिर्नुपर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षबाट सबै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने काम प्रहरीले गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

सहज र सरल तरिकाबाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात व्यवसायी संघ, संस्थासँग समन्वय गर्ने काम प्रहरीले गर्ने शर्माले बताए । चाडपर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षबाट काम हुने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा दिनेछन् । यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि समय समयमा चेतनामूलक सन्देश प्रवाह पनि गर्नेछन् ।

नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu