ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपी राजमार्गको १२ किमी सडक बग्यो, दसैं अघि खुल्न गाह्रो


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   १ : १५   बजे

काठमाडौं १८ असोज । बाढीपहिरोले बिपी राजमार्गको १२ किमी सडकमा क्षति पुर्‍याएको छ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चौकीडाँडा(कालढुङ्गा १८ किमी सडकमध्ये १२ किमी सडक पूर्ण रूपमा क्षति छ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी बिपी राजमार्गको १२ किमी सडक बगेको जानकारी दिएको हो। यी सडकका बीच(बीचमा सवारी साधन रोकिएको अवस्था छ।

दुवैतर्फ पहिरो हटाउने काम सुरू गरे पनि दसैंअघि सडक पूर्ण रूपमा सञ्चालनमा आउन मुश्किल छ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ६ चौकीडाँडास्थित रोशीखोलामा गएको बाढीले बिपी राजमार्गका सडकमा क्षति पुर्‍याएको हो।

असोज १० देखि १२ गतेसम्म परेको वर्षाले धुलिखेलबाट भकुण्डे हुँदै नेपालथोक जाने सडकखण्डमा पनि क्षति पुर्‍याएको छ।

रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सवै विकल्प प्रयोग गरेर अस्थायी रूपमा यातायात सञ्चालन गर्ने तयारीमा मन्त्रालय जुटेको छ।

तर भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सचिव केशवकुमार शर्माले बिपी राजमार्ग दसैंअघि खुल्न गाह्रो रहेको बताएका छन्। जतिसक्दो छिटो खुलाउने प्रयत्न गर्छौं, कतिपय ठाउँमा पूरै खोलै फर्काउनु पर्ने भएको छ। जसले गर्दा धेरै समय लाग्छ, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu