ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलको सेवा सुधारमा पर्यटन मन्त्रीको निर्देशन– विशेष परिस्थितिमा ख्याल गरौँ


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   ४ : ११   बजे

काठमाडौं १८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार बिहान विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका संवद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराएका हुन्।

‘पर्यटक भनेको एउटा शक्तिशाली सन्देशवाहक हो। त्यसैले हामीले त्यो एयरपोर्टमा सुधार्दै गएको छौँ। तर, थप सुधार गर्नुपर्नेछ। र, यो विशेष परिस्थितिमा यात्रुहरूलाई सेवा दिने कुरामा तत्परता देखाउनु हुनेछ भन्ने ठान्दछु,’ मन्त्री पाण्डेले भने।

 

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरू शक्तिशाली सन्देशवाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरूलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि ध्यानाकर्षण गराए।

उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि उनले जिकिर गरे।

‘एउटा महत्त्वपूर्ण तर्क र तपाईंहरूको मर्का पनि लाग्यो मलाई कि प्लेन एकातिरको मात्रै प्यासेन्जर बोकेर गयो, तर खाली फर्किनु परेपछि उसको मर्का त बाहिर सुनिएको छ। तर त्यसरी गाडी पनि त दसैँको बेलामा एकतर्फी लिएर जानुपर्छ। फर्किंदा पनि खर्च जाँदाको पनि धान्नुपर्ने अवस्था छ भन्ने कुरा जायज छन्,’ मन्त्री पाण्डेको भनाइ छ, ‘यी कुराहरूलाई हामीले छलफलमा लिएर जाने, संसदमा लिएर जाने गर्नुपर्दछ। यसले यी समस्या समाधानका लागि आइडियाहरू पनि सिर्जना हुन्छ। संवेदनशीलता र त्यहाँको वास्तविकता पनि थाहा हुन्छ। आजको छलफल एकदमै उपयोगी भयो भन्ने लाग्छ।’

यात्रुहरूलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वास समेत व्यक्त गर्दै उनले विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका संकेतहरू देखिनुपर्ने बताए।

‘आज भोलिबाट नै थप सुधारको संकेत देख्नेछौँ। तर यो थप सुधार गर्ने कुरामा हामी सबै सहकार्य हुनेछ। सुरक्षा निकाय पनि जोडिनेछ। टीआईए पनि जोडिनेछ। क्यान पनि जोडिनेछ। एयरलाइन्सहरू, यातायात्र क्षेत्रका मजदुरहरू सबै जोडिएर हामी काम गर्नेछौँ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu