ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र अब्बासीबीचको भेटवार्तामा के कुरा भयो ?


admin
२२ फाल्गुन २०७४, मंगलबार   ९ : १८   बजे

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच राजनीतिक एवम् आर्थिक विषयमा छलफल भएको छ । 

होटल याक एन्ड यतीमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रको सुदृढीकरणको कार्य अझै बाँकी रहेको बताउनुभएको उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।


उहाँका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणको अन्त्य भएको स्पष्ट पार्नुभएको थियो । उहाँहरुबीच क्षेत्रीय र द्विपक्षीय हितका विषयमा पनि खुलेर छलफल भएको सल्लाहकार रिमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामीले द्विपक्षीय चासो र हितका साथै आर्थिक विषयमा छलफल ग¥यौँ ।”

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का विषयमा भएका छलफलबारे सल्लाहकार रिमालले भन्नुभयो,“सार्क हामी सबैको पहलमा स्थापना भएको हो, त्यसको महत्व अझै बाँकी छ, त्यसको प्रक्रियालाई अगाडि बढाउन दुवै देश प्रतिबद्ध छांैँ भन्ने विषयमा दुवै देशका प्रधानमन्त्रीको समान धारणा छ ।”

सार्कका विषयमा केही विमति भए त्यसलाई वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्नेमा उहाँहरुको जोड रहेको सल्लाहकार रिमालले बताउनुभयो । भेटवार्ताका क्रममा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निम्तो दिनुभएकामा प्रधानमन्त्री ओलीले उपयुक्त समयमा मित्र राष्ट्र पाकिस्तानको भ्रमण गर्ने जवाफ दिनुभएको थियो ।

बैठकमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सल्लाहकार रिमालले जानकारी दिनुभयो ।

द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल, मुख्य सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी तथा पाकिस्तानका तर्फबाट विदेश मन्त्रालयका अतिरिक्त सचिव, नेपालका लागि पाकिस्तानी राजदूतसहित उच्च अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group