ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कराँची विमानस्थल नजिक शक्तिशाली विष्फोट, तीन विदेशी नागरिकको मृत्यु


मनिषा लामिछाने
२१ आश्विन २०८१, सोमबार   ९ : ४२   बजे

काठमाडौं ।पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकसहित तीन जनाको मृत्यु भएको छ।

विस्फोटमा अन्य १७ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम जीजो न्यूजले जनाएको छ। पाकिस्तानस्थित चिनियाँ दूतावासले आफ्ना दुई नागरिकको ज्यान गएको जनाएको छ। एकजान गम्भीर घाइते भएका छन्।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजले भने तीन जनाको मृत्यु भएको उल्लेख गरेको छ। यद्यपि उसले कुन देशका नागरिक हुन भन्ने खुलाएको छैन्।

विस्फोट के कारणले भएको हो भन्ने विषय अहिलेसम्म स्पष्ट  नभएको  जियो न्यूजले उल्लेख गरेको छ। विस्फोट आसपासका क्षेत्रमा समेत सुनिएको बताइएको छ।

घटना हुना साथ आपतकालीन कार्यमा खटिने उद्धारकर्ताहरुले घाइतेलाई आगलागी भएको स्थानबाट निकालेको र नजिकैको जिन्नाह अस्पतालमा उपचारका लागि भर्ना गराएको बताइएको छ।

सिंध प्रान्तका गृहमन्त्री जीया उल हसनले समेत उक्त विस्फोट विदेशी नागरिक लक्षित भएको बताएका छन्।

बीएलएले चिनियाँ नागरिक लक्षित आक्रमण गरेको जनाएको छ। पृथकतावादी उग्रवादी समूह बलोच लिबरेशन आर्मी–बीएलएले इन्जिनियरहरूसहित चिनियाँ नागरिकहरूलाई लक्षित गरी विस्फोट गराएको इमेलमार्फत् पत्रकारहरूलाई जानकारी गराइएको छ।

बीएलएले पाकिस्तानको दक्षिणपश्चिममा रहेको अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तको स्वतन्त्रताका लागि लडिरहेको छ।

गत अगस्टदेखि बीएलएले प्रान्तमा आक्रमणहरू शुरू गरेको थियो। जसमा अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ।

अरब सागरमा रहेको ग्वादरको रणनीतिक बन्दरगाहलाई बेइजिङले इस्लामाबादलाई प्रान्तको शोषण गर्न मद्दत गरेको आरोपमा बीएलएले चिनियाँलक्षित आक्रमण गरेको गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group