लेबनान । इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ। मंगलबार भएको आक्रमणमा चार आवास गृह नास भएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानले गाजाले जस्तै क्षति सहनु पर्ने चेतावनी दिएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार मात्र ३६ जनाको ज्यान जानुका साथै १५० जना घाइते भएका छन्।
इजरायली डिफेन्स फोर्सले उत्तरी गाजामा रहेको कामल आदवान, इन्डोनेसियन र अल अदवा अस्पतालका स्वास्थ्यकर्मी तथा बिरामीलाई २४ घण्टामा सो अस्पताल छाड्न भनेका छन्। उत्तरी गाँजामा भएको पछिल्लो आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ।,
गाजामा गएको १ वर्षमा भएको आक्रमणमा कम्तीमा ४१ हजार ९६५ जनाको ज्यान गएको छ। यसैगरी ९७५९० जनाको ज्यान गएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्