काठमाडौं २५ असोज । प्रस्तावित जेद्दा टावर अबको केही वर्षभित्रै संसारकै अग्लो भवन बन्दै छ। विगत ७ वर्षको विलम्बपछि पुनः यसको निर्माण सुरु भएको हो।
भ्रष्टाचारविरोधी क्रियाकलापका कारण यसको निर्माण स्थगित भएको थियो। यही असोज १७ मा परियोजना विकास क्षेत्र जेद्दा इकोनोमिक कम्पनी ९जेईसी०मा एक कार्यक्रम आयोजना गरी सन् २०२८ भित्रै यसको निर्माण पूरा गर्ने घोषणा गरिएको छ।
१००० मिटर अग्लो गगनचुम्बी भवन सन् २०१७ मै एक तिहाइ निर्माण सम्पन्न भइसकेको थियो। त्यही बेला यसका मुख्य ठेकेदार र यसमा सहलगानी गरेको विकासकर्ता समूह दुवैका मुख्य व्यक्ति साउदी राजकुमार मोहम्मद बिन सलमानको भ्रष्टाचारविरोधी अभियानका क्रममा समातिए। यो परियोजनामा भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि सयौँ प्रश्न गरिएको थियो।
उनीहरु समातिएपछि पनि यसको काम चलिरहेकै थियो। तर सन् २०१८ यता भने काम रोकिनपुग्यो। यसका बाबजुद जेईसीले काम चलिरहने बताए पनि कोभिड १९ को महामारीले दिएन।
यो हप्ताको नयाँ घोषणाका क्रममा त्यतिबेला समातिएकामध्ये एक साउदी राजकुमार अलवालिद बिन तलाल पनि उपस्थित थिए। उनी किंग्डम होल्डिङ कम्पनीका प्रमुख समेत हुन् भने यो परियोजनाका मुख्य लगानीकर्ता पनि रहेका छन्। समातिएको ३ महिनामा उनी छुटेका थिए।
यो घोषणापछि अलवालिदले सामाजिक सञ्जाल एक्समा टावरको डिजिटल तस्बिर पोस्ट गर्दै ‘हामी फर्किएका छौँ’ लेखेका थिए।
समातिनेमध्ये अर्का व्यक्ति यही परियोजनाका मुख्य ठेकेदार साउदी बिनलादेन ग्रुपका बकर बिन लादेन पनि हुन्। उनी कुख्यात ओसामा बिन लादेनका नाताले भाइ पर्ने व्यक्ति हुन्। लादेन पनि २०२१ मा ३ वर्षको जेलजीवनबाट मुक्त भएका थिए। जेद्दा टावर परियोजनामा उनको पारिवारिक कम्पनीको पनि सेयर लगानी छ। यसैले टावर तयार गर्ने जिम्मा पाएको छ।
सन् २०१८ मा जेद्दा टावरको काम बीचैमा रोकिनपुगेको थियो शटरस्टकरई पीएरईएफई
प्रतिक्रिया दिनुहोस्