साँचो राजनीतिक साहस — सैद्धान्तिक अडान, पार्टीको दबाबभन्दा देशलाई माथि राख्ने, साझा हितको रक्षा गर्नका लागि करियर त्याग्न तयार हुने — यस्तो कुरा ध्रुवीकृत संसारमा दुर्लभ भएको छ। जब यस्तो देखिन्छ, यसलाई मनाउने र संरक्षण गर्न जरुरी छ, विशेष गरी हाम्रो चुनाव प्रणाली जस्ता आधारभूत अमेरिकी संस्थाहरूको बचाउका लागि। दुःखको कुरा, देशलाई आगामी महिनाहरूमा यस कुराको अझ धेरै आवश्यक पर्नेछ।
राज्यदेखि राज्यसम्म, रिपब्लिकनहरूले नागरिकहरूको लागि मतदान गर्न र ती मतहरू गणना गर्ने चुनाव कर्मचारीहरूको काम गर्न झनै कठिन बनाएका छन्। उनीहरूले डेमोक्र्याटिक क्षेत्रका हजारौं मतदाताहरुलाई दर्ता गर्ने अभियानहरूमा चुनौती दिइरहेका छन्, प्रशासकहरूलाई वैध मतदाताहरूलाई फेरि सूचीमा फर्काउन बाध्य पार्दैछन्। उनीहरूले २०२० को चुनावलाई हस्तक्षेपबाट जोगाउने चुनाव अधिकारीहरूलाई धम्की दिइरहेका छन्। उनीहरूले कानुनी मापदण्ड पूरा गर्ने भए पनि, चुनावको दिनभन्दा पछि आउने हुलाकबाट प्राप्त मतपत्रहरूलाई अमान्य गराउने प्रयास गरिरहेका छन्। उनीहरूले चुनाव परिणाम प्रमाणित गर्न गाह्रो बनाइरहेका छन्, र राज्यहरूले कसरी आफ्ना निर्वाचकहरूलाई बाँड्छन् भन्ने परिवर्तन गर्न प्रयास गरिरहेका छन्, जसले गर्दा डोनाल्ड ट्रम्पलाई जित्न सजिलो बनोस् वा चुनावी हारलाई उल्टाउन सहयोग पुराउन सकियोस्।
यी मध्ये धेरै कदमहरू गोप्य रूपमा भए पनि, यो अभियान कतै गोप्य छैन। र गत महिना, ट्रम्पले देशभरका चुनाव अधिकारीहरूलाई धम्की दिए कि उनीहरूको असहमति भएमा उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्यार जेल हाल्नेछन्।
अमेरिकी प्रजातन्त्रको जगमा रहेका संस्थाहरू र प्रक्रियाहरूमा यस प्रकारको प्रणालीगत आक्रमणको बिरूद्ध, सबैभन्दा महत्त्वपूर्ण समर्थन भनेको ती सार्वजनिक सेवकहरू हुन्, चाहे निर्वाचित हुन् वा स्वयम्सेवी, जसले आफ्नो काम निरन्तर गरिरहेछन्।
नेब्रास्काका रिपब्लिकन राज्य सिनेटर माइक म्याकडोनेललाई विचारणीय मान्न सकिन्छ, जसले यसलाई कसरी गर्नुपर्छ भनेर देखाएका छन्, जब गत महिना उनले आफ्नो पार्टीका राष्ट्रिय नेताहरू, पूर्व राष्ट्रपति ट्रम्प सहित, उनको पक्षमा थप एक निर्वाचक मत राख्न गरिएको अन्तिम क्षणको तीव्र दबाबलाई अस्वीकार गरेका थिए।
हाल, नेब्रास्काले आफ्ना धेरैजसो निर्वाचकहरूलाई कांग्रेस जिल्ला अनुसार प्रदान गर्दछ, र अधिकांश राज्य सुरक्षित रूपमा परम्परावादी भए पनि, उपराष्ट्रपति कमला ह्यारिसले राज्यको सबैभन्दा ठूलो सहर ओमाहा समेट्ने दोस्रो कांग्रेस जिल्लाबाट निर्वाचक जित्ने सम्भावना देखाइएको छ। २०२४ को चुनावको कडा प्रतिस्पर्धामा, यो मत परिणाम निर्धारण गर्ने हुन सक्छ। नेब्रास्काका रिपब्लिकन विधायकहरूको उद्देश्य पनि यही थियो, जसले समय सकिएपछि मात्रै नियम परिवर्तन गर्न पाए, जसले गर्दा मैनका डेमोक्र्याटहरूलाई राज्यको नियमहरू बदल्नको लागि ढिलो भयो।
ूचुनावले सबै मतदाताहरूलाई सुन्ने अवसर दिनुपर्छ, उनीहरू जो भए पनि, जहाँ भए पनि, वा जुन पार्टीलाई समर्थन गर्ने भएपनि,ू म्याकडोनेलले भनेका थिए, जो यस वर्षको सुरुमा प्रजनन अधिकार र लिङ्ग–पुष्टिकरण सेवा बारेको आफ्नो धारणाका कारण डेमोक्र्याटिक पार्टीबाट बाहिरिएका थिए।
देशले आगामी केही महिनामा माइक म्याकडोनेलजस्तै धेरैलाई आवश्यक पर्नेछ, विशेष गरी यदि श्रीमती ह्यारिसले जित्छिन् र ट्रम्पले वैध परिणामलाई पुनः चुनौती दिने धम्की दिन्छन् भने, जसले झुट, अराजकता र २०२१ मा जस्तै हिंसा ल्याउन सक्छ। एउटा बढ्दो लोकतन्त्र–विरोधी आन्दोलनको बिरूद्ध उभिनु सजिलो छैन, जसले चुनावको परिणाम आफूले नजितेमा चुनावलाई नञे अस्वीकार गर्दछ ।
ब्राड राफ्फेन्स्पर्गर, जर्जियाका राज्य सचिव, उलने २०२० को चुनावपछि त्यस्तै गरे, जब उनले ट्रम्पले उनलाई जो बाइडेनलाई जित्न र राज्यको महत्वपूर्ण १६ निर्वाचक मतहरू जिताउनका लागि ‘पर्याप्त मतहरू फेला पार्नू भन्दा उनले तीव्र दबाबको सामना गरे। ट्रम्पको नेतृत्वमा, त्यो समयका दुवै जर्जियाका रिपब्लिकन सिनेटरहरूले राफ्फेन्स्पर्गरले ‘जर्जियाका जनतालाई असफल गराएको’ भन्दै राजीनामा दिन माग गरेका थिए । उनले आफ्नो पदमा रहेर मतहरूको हातैले गणना गराउन आदेश दिए, जसले गर्दा बाइडेनको जीतलाई पुष्टि गर्यो तर उनी ट्रम्पको क्रोधको पात्र बने ।
उनले पाएको राजनीतिक धम्की (र मृत्युदण्डको धम्की) का बाबजुद, राफ्फेन्स्पर्गर अझै आफ्नो काममा क्रियाशील छन्, तर अन्यले जसले आफैंलाई दाउमा राखेका छन्, मूल्य चुकाएका छन्। स्टेफन रिचर, म्यारिकोपा काउन्टी रेकर्डर, जसले २०२० मा एरिजोना रिपब्लिकनहरूको आक्रोश उत्पन्न गराए, जब उनले सही रूपमा राज्यको मतदान प्रणालीको बचाउ गरे, यस ग्रीष्मकालमा भएको आफ्नो प्राइमरी भने हार्न पुगे। डिसेम्बर २०२० मा, जर्जियाका दुई जना चुनावी कर्मचारीहरू, रुबी फ्रीम्यान र उनकी छोरी, शाए मोस, ट्रम्पका पूर्व वकिल रूडी जुलियानीले झुटो मतपत्र हेरफेर गरेको आरोप लगाएपछि, धम्की र त्रासले गर्दा आफ्ना घरहरू छोडेर भाग्न बाध्य भएका थिए। यस्तो परिस्थितिमा धेरै मतदान कर्मचारीहरू किन फिर्ता काममा जान .चाहँदैनन् भन्ने बुझ्न गाह्रो छैन।
धम्कीहरू निरन्तर रहिरहेका छन्। गत हप्ता, कोलोराडोका न्यायाधीश म्याथ्यू ब्यारेट्टले २०२० मा ट्रम्पलाई सहयोग गर्न मतदान मेसिनहरूमा हस्तक्षेप गर्ने प्रयासको मुद्धामा ९ वर्षको जेल सजाय सुनाएका थिए। सजायको प्रतिक्रियामा, न्यायाधीशलाई धम्कीहरूको सामना गर्नु परेको थियो ।
आफ्नो सुरक्षा जोखिमका बाबजुद, देशभरका अमेरिकनहरू — न्यायाधीशदेखि मतदान कर्मचारी र चुनाव अधिकारीहरूसम्म — इमानदारीता र शालीनताका साथ आफ्नो काम गरिरहेका छन्, र प्रायजसो मतदाताहरूको समर्थन पाइरहेका छन् । २०२२ मा, कम्तीमा चार जना चुनाव अस्वीकारकर्ता, जसलाई ट्रम्पले समर्थन गरेका थिए, राज्य सचिव बन्न दौडिएका थिए, तर उनीहरुले हार व्योहोरे । यस वर्ष पनि , केही राज्यहरूमा चुनावहरू चलिरहेका छन्, जहाँ केही मागा उम्मेदवारहरू राज्य सचिव वा चुनाव प्रशासक बन्न चुनावी मेल र प्रारम्भिक मतदान उन्मूलन गर्ने वाचा गर्दैछन्।
यस नोभेम्बरमा यी षड्यन्त्र सिद्धान्तकारहरूलाई मतदाताहरूले अस्वीकार गर्नु महत्त्वपूर्ण हुनेछ, तर सबैभन्दा ठूलो जिम्मेवारी सबैभन्दा ठूलो शक्ति भएका व्यक्तिहरूको हो। यसको अर्थ माथिल्लो तहका रिपब्लिकनहरू, जसले आफ्नो करियरलाई दाउमा राखेर देशलाई ट्रम्प र मागा आन्दोलनबाट सुरक्षित राखेका छन्, र जसले त्यसपछि कानूनी राज्य र संविधानको समर्थनमा बोलेका छन्ः रस्टी बावरस, एरिजोना हाउस अफ रिप्रिजेन्टेटिभ्सका पूर्व सभामुख, जसले ट्रम्पको आधारहीन चुनाव धोखाधडी दावालाई समर्थन गर्न अस्वीकार गरे। माइक पेन्स, पूर्व उपराष्ट्रपति, जसले जनवरी ६ का दङ्गा आक्रमणकारीहरूले उनलाई धम्की दिँदा आफ्नो संवैधानिक कर्तव्य पूरा गरे, र आफ्ना पूर्व मालिकलाई समर्थन गर्न अस्वीकार गरे। लिज चेनी, जसले जनवरी ६ को दङ्गा छानबिनको नेतृत्व गरेपछि हाउसमा रिपब्लिकनको शीर्ष स्थान गुमाएकी थिइन्। र मिट रोम्नी, युटाह सिनेटर, जसले ट्रम्पलाई दोस्रो महाभियोगपछि उनीमाथि लागेका विद्रोहलाई प्रोत्साहन गरेको आरोपमा दोषी ठहर गरेका थिए।
ट्रम्प र मागा आन्दोलनले स्वतन्त्र र निष्पक्ष चुनावको परिणामलाई कमजोर पार्ने प्रयासको विरुद्ध उभिएर यस प्रकारका व्यक्तिहरूले ठूलो मूल्य चुकाए, उनीहरूका सम्बन्धहरूमा असर पर्यो, र कहिलेकाहीं आफ्ना तथा परिवारको शारीरिक सुरक्षामा पनि खतरा उत्पन्न भयो। यसका लागि तिनीहरू हाम्रो प्रशंसा र आभारका योग्य छन्।
तर २०२४ को चुनाव हुँदा यी नायकहरू मध्ये धेरै कम मात्र पदमा रहनेछन्। अरूले अघि बढ्न आवश्यक छ। आगामी हप्ताहरू र महिनाहरूमा, मतदान कर्मचारीहरू, राज्य अधिकारीहरू र कांग्रेसका रिपब्लिकन सदस्यहरूलाई श्री ट्रम्पको मनोअनुकूल नहुने चुनाव परिणाममा शंका उत्पन्न गर्न, वा त्यसलाई कमजोर बनाउन दबाब दिन सकिन्छ। पछिल्लो समयको अनुभवलाई मार्गदर्शन मान्ने हो भने, तिनीहरूलाई सम्भावित मतदाताहरूलाई मतदान स्थलमा रोक्न, डेमोक्र्याटिक क्षेत्रका मतपत्रहरूमा प्रश्न उठाउन, वैध चुनाव परिणाम प्रमाणित गर्न अस्वीकार गर्न, र राष्ट्रपतिको निर्वाचक जस्तो बहाना गरेर चुनावी धोखाधडीमा संलग्न हुनसमेत आह्वान हुन सक्छ।
अमेरिकी प्रजातन्त्रको भविष्यप्रतिको खतरा गहिरो छ र यो आफैंबाट टाढा जाने छैन। कानूनी शासन केवल नियमित, इमानदार व्यक्तिहरूको हरेक दिन साना र ठूला तरिकामा यसलाई कायम राख्न गरेका प्रयासहरूको कारण बाँचिरहेको छ।
: न्युयोर्क टाइम्स, सम्पादकीय बोर्ड, अक्टोबर १२, २०२४
प्रतिक्रिया दिनुहोस्