ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले लेबनानमा शान्ति सैनिकमाथि गरेको आक्रमणको ४० वटा देशद्वारा निन्दा


एबीसी न्यूज
२७ आश्विन २०८१, आइतबार   ४ : २६   बजे

काठमाडौं २७ असोज । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा योगदान गर्ने ४० वटा देशहरूले इजरायलले लेबनानमा शान्ति सैनिकमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । इजरायलले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली चलाउँदा पाँच जना घाइते भएका छन् । इजरायली आक्रमणको संयुक्त राष्ट्रसङ्घले गरेको कडा निन्दालाई ४० वटा देशले पनि समर्थन गरेका छन् ।

पोल्याण्डको संयुक्त राष्ट्रसङ्घीय मिसनले यस्ता कार्यहरू तुरुन्तै रोक्न र पर्याप्त अनुसन्धान गर्न माग गरेका छन् । इन्डोनेसिया, इटाली र भारत लगायतका राष्ट्रहरूले पनि संयुक्त वक्तव्यमा निकालेर शान्ति सैनिकमाथि इजरायली हमलाको विरोध गरेका छन् ।

शान्ति सैनिकमा योगदान गरेका नेपाल, घाना, मलेसिया, स्पेन, फ्रान्स र चीनले पनि इजरायलले अन्तर्राष्ट्रिय कानुन र मुल्य मान्यता तोडेको भन्दै निन्दा गरेका छन् । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहविरुद्धको लडाइका क्रममा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन युनिफिलले इजरायली सेनाले जानबुझ गरेर गोली चलाएको आरोप लगाएको छ ।

सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म चलेको युद्धको अन्त्य भएपछि युद्धविरामको अनुगमन गर्ने जिम्मेवारी युनिफिलको छ । जसमा लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेनालाई मात्र दक्षिण लेबनानमा तैनाथ गर्नु पर्ने उल्लेख रहेकोमा अहिले इजरायलले पनि लेबनानमा सैन्य हस्तक्षेप गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group