काठमाडौं, २२ फागुन । कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले आफुले प्रकाशित गरेको समाचारले अदालतको अवहेलना नगरेकाले माफी नमाग्ने बताएका छन् । उनले आफुहरुको अदालतको अवहेलना गर्ने कुनै मनासाय नरहेको पनि व्यक्त गरे ।
अदालतको अवहेलना सम्बन्धी मुद्दामा बयान दिनका लागि शर्मा मंगलबार सर्वोच्च पुगेका थिए।
सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा शर्माको बयान लिएको थियो।
साढेँ तीन घण्टा अदालतमा दिएको बयानमा शर्माले अदालतको न्यायसम्पादनबारे नभई प्रधानन्यायाधीश गोपाल पराजुलीको व्यक्तिगत बिवरणको समाचार लेखेकाले त्यसले अदालतको अवहेलना नहुने जिकिर गरे।
आइतबार कान्तिपुरकी निर्देशक स्वस्तिका सिरोहियाले अदालतमा बयान दिएकी थिइन्। सोमबार सर्वोच्च अदालतका पूर्व न्यायाधीश रामनगिना सिंहको शोकमा इजलास स्थगित गरिएको थियो।
चिया सत्रपछि अदालतले अहिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र संवाददाता कृष्ण ज्ञवालीको बयान लिइरहेको छ।
प्रतिक्रिया दिनुहोस्