ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने ओली चाहना, निर्णायक नेपालको बोली


admin
२२ फाल्गुन २०७४, मंगलबार   ४ : २५   बजे

काठमाडौं, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने या नदोहोर्‍याउने भन्ने निर्णयको मुख्य साँचो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमा हातमा पुगेको छ।

राष्ट्रपतिको उम्मेदवार चयनका सम्बन्धमा पार्टीले आज अपरान्ह ३ बजे स्थायी समितिको बैठक बोलाएको छ । स्थायी समितिमा अल्पमतमा पर्ने देखिएपछि ओलीले बरिष्ठ नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् ।

अनौपचारिक छलफलका क्रममा ओलीले आज विहान बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, त्यसैगरी पार्टी उपाध्यक्ष बामदेब गौतम, सचिव बिष्णु पौडेललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।

ओलीले नेताहरुसँग वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका सन्तुलित र राम्रो रहेको बताएका थिए । राष्ट्रपति भण्डारीको भूमिकाको प्रसंशा गरेपछि ओलीले भनेका थिए, ‘जसलाई बनाएपनि सर्वसम्मतिका साथ उम्मेदवार चयन गरौं।’ आजको भेटवार्तालाई अन्य नेताहरुले राष्ट्रपतिमा भण्डारीलाई नै दोहो(याउने ओलीको चाहनाका रुपमा बुझेका छन् ।

तर बैठकमा ओलीले अप्रत्यक्ष रुपमा भण्डारीको पक्षपोषण गरेपनि अरु नेताहरुले भने केही प्रतिक्रिया जनाएका थिएनन् ।

राष्ट्रपतिको लागि एमालेबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालले इच्छा देखाएका छन् । खनालले स्थायी कमिटिको बैठकमै आफू राष्ट्रपति बन्न चाहेको बताएका थिए । माधव नेपाल पक्ष पनि भण्डारीलाई दोहो-याउन भन्दा खनाललाई नै राष्ट्रपति बनाउन सकारात्मक देखिएको छ ।

यदि स्थायी समितिमा नेपालले खनालको समर्थन गरेको खण्डमा उनको राष्ट्रपतिको दाबेदारी बलियो बन्नेछ। तर, खनाललाई समर्थन गर्दा अध्यक्ष तथा प्रधानमन्त्री ओली चिढिने र त्यसले आफ्नो यात्रामा असर पुग्ने भएकाले नेपालले खनाललाई समर्थन गरिहाल्ने सम्भावना भने न्यून छ।

यस्तै नेपाली कांग्रेस पनि बिद्या भण्डारीको विपक्षमा उभिने संकेत देखिएको छ । भण्डारीले आफ्नो कार्यकालमा राष्ट्रपति पदको मर्यादा विपरित राष्ट्रियसभाको सदस्य मनोनयन जस्ता विषयमा दलीय स्वार्थबाट प्रेरित भएर गरेको कांग्रेसको आरोप छ ।

यसले राष्ट्रपति को बन्ने भन्ने विषयमा नेपाल पक्षले लिने निर्णय नै निर्णायक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group