ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रगतको माग उच्च : मागअनुसार रगत सङ्कलन हुन नसक्दा समस्या


एबीसी न्यूज
२९ आश्विन २०८१, मंगलबार   २ : २७   बजे

काठमाडौं २९ असोज । मागअनुसार रगत सङ्कलन हुन नसकेपछि काठमाण्डौ उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ । बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च छ ।

तर यही बेला मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको ब्लड डोनर्स एशोसियसन नेपाल ९ब्लोदान० का अध्यक्ष राजेश श्रेष्ठले उज्यालोलाई बताउनुभयो । रगत खोज्न कतिपय बिरामीका आफन्तलाई हम्मे हम्मे परेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा काठमाण्डौले हप्तामा आठ सयदेखि एक हजार युनिट रगत सङ्कलन गर्ने गरेको थियो । तर दशैँको बिदामा काठमाण्डौ उपत्यकामा मानिसको सङ्ख्या कम भएका कारण रगत सङ्कलनमा समस्या भएको ब्लोदानका अध्यक्ष श्रेष्ठले बताउनुभयो । दैनिक रूपमा तीन सय युटिनसम्म रगतको माग भए पनि अहिले बल्लतल्ल एक सय ८० युनिटसम्म मात्र रगत सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । आजदेखि दशैँ बिदा सकिएकाले अबको केही दिनमा रगतको आपूर्ति सहज हुने सम्बन्धित निकायको विश्वास छ ।

गएको असोज १०, ११ र १२ गते देशभर परेको ठूलो वर्षा र लगत्तै दशैँ पर्व परेकाले रगतको सङ्कलन केही घटेको हो । दशैँका बेला हप्तामा मुश्किलले चार सय युनिट मात्र रगत सङ्कलन हुने गरेको रक्त सञ्चार सेवाले जनाएको छ । डेङ्गी र प्राकृतिक विपद्का कारण माग बढेका बेला रगत कम सङ्कलन भएकाले माग धान्नै नसकिने अवस्था आएको केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा। पवन गुप्ताले उज्यालोलाई बताउनुभयो ।

रक्त सञ्चार सेवाले बाढी, पहिरो र डुबानका कारण आफ्ना नियमित क्याम्प पनि सञ्चालन गर्न सकेको थिएन । त्यसमाथि चाडपर्वको बेला विगतमा पनि रगतको अभाव हुने गरेकोमा यसपालि अलि धेरै समस्या भएको हो ।

काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरका अस्पतालमा उपचाररत रगत चाहिने बिरामीका आफन्तलाई रगत जुटाउन निकै समस्या भएको छ । अहिले विभिन्न ठाउँमा रक्तदान कार्यक्रम भइरहेकाले केही दिनमा नै रगत सहज हुने निर्देशक गुप्ता बताउनुहुन्छ । उहाँले रक्तदान गर्न मिल्ने सबै नागरिकलाई रक्तदान गर्न पनि आग्रह गर्नुभएको छ ।

डा। गुप्ताका अनुसार डेङ्गीका बिरामीलाई ताजा रगत चाहिन्छ । अन्य शल्यक्रिया, सुत्केरीलगायतका बिरामीलाई चाहिने रगतको भने अभाव नरहेको केन्द्रीय रक्त सञ्चार सेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता आरोप, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धुलिखेल–दाप्चा सडक १० मिटर चौडा बनाइँदै, ३ अर्ब ८० करोड लागत अनुमान

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu