ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मारवाडी सेवा समितिले पशुपतिको जग्गामा आँखा लगायो- पशुपति क्षेत्र विकास कोष


एबीसी न्यूज
२९ आश्विन २०८१, मंगलबार   ४ : ५९   बजे

काठमाडौं २९ असोज ।  पशुपति क्षेत्र विकास कोषले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई नभएको जनाएको छ ।

मंगलबार कोषले पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगर बीच यही असोज २२ गते सहमति भई महानगरलाई व्यवस्थापनको अधिकार दिएको कोषले स्पष्ट पारेको छ । ९ रोपनी भन्दा बढी जग्गामा मारवाडी सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको कोषले आरोप लगाएको छ ।

‘भगवान पशुपतिनाथको जग्गा जोगाउन पशुपति विकास कोष सिंगो रुपमा उभिएको छ,’ पत्रकार सम्मेलनमा कोषका पदाधिकारीले भने। पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्तिकेन्द्रमा धाएर मोही कायम हुन नसक्ने कोषले दाबी गरेको छ । शटर भाडामा लगाउन अधिकार मारबाडी सेवा समितिलाई नभएपनि भाडामा लगाइएको कोषले जनाएको छ ।

सर्वोच्च अदालतको फैसला बमोजिम मारबाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरेको कोषले जनाएको छ । मारबाडी सेवा समितिबाट वार्षिक ५१ हजार रुपैयाँ धर्मशाला सञ्चालन गरेबापत गरी उपलब्ध गराउने दुई पक्षको सहमति भएको थियो । सम्झौता अनुसार रकम उपलब्ध नगराएको र भाडादर पुनरावलोकन हुने व्यवस्था भएपनि मारवाडी सेवा समिति लागि तयार नभएको कोषले जनाएको छ ।

मारवाडी सेवा समितिले मोहीयानी हक रहेको दाबी गरेपनि त्यसमा प्रमाण नपुग्ने कोषले स्पष्ट पारेको छ । मोहीयानी हक दाबी गर्ने आधार समितिसँग नभएको कोषले जनाएको छ ।

२३ असोजमा महानगरले मारबाडी सेवा समितिले रोखेको बोर्ड हटाएको थियो । मारवाडी सेवा समितिले अदालतबाट मुद्दाको पूर्णपाठ नआएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group